असार १३,चितवन
पूर्बी चितवन स्थित राप्ती नगरपालिका भण्डारामा आज आदिबासी जनजातीका सवाल र शशक्तिकरण बिषयक कार्यशाला सम्पन्न भएको छ।
राप्ती नगर पालिकाको आर्थिक सहयोगमा यस अघि पिप्ले र बिरेन्द्र नगरमा सम्पन्न भैसकेको सो कार्यक्रम बिशेष गरेर जनजातीहरुका लागि लक्षित गरि आयोजना गरिएको हो।सो तालिममा सात सय आदिबासी जनजातीको उपस्थिति रहेको थियो भने प्रशिक्षकका रुपमा काजिमान थिङ,गोमान सिङ तामाङ,धर्म राज लामा,सन्जय चौधरी, मनोज पन्त रहनु भएको थियो।
आदिबासी जनजाती कार्यक्रम उपभोक्ता समितीका अध्यक्ष राम बहादुर सारु मगर सभापति रहनु भएको सो कार्यक्रममा नगर प्रमुख प्रभा बराल प्रमुख अतिथी, उप प्रमुख इमान सिङ लामा बिशिस्ट अतिथी,वडा न. ४ का अध्यक्ष शम्सेर लामा,वडा न.५ कि अध्यक्ष मेनका पाठक ,वडा न. ६ का अध्यक्ष जल्लु थारु अतिथी रहनु भएको थियो ।
लोकतान्त्रिक तामाङ संघका केन्द्रिय अध्यक्ष दावा लामा को बिशेष उपस्थिति रहेको सो तालिममा प्रशिक्षार्थीहरु लाभान्वित हुने बिश्वास राप्ती नगर पालिकाका उप प्रमुख इमान सिङ तामाङ ले ब्यक्त गर्नु भएको छ।