भरतपुर,१३ असार ।
भरतपुर अस्पताललाई विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनको लागि ‘हब’ अस्पताल बनाइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्राकृतिक विपत्तिबाट हुने मानवीय स्वास्थ्यमा हुने असर न्यूनीकरण र उपचारका लागि मध्य क्षेत्रको लागि हब अस्पताल बनाएको हो ।
भरतपुर अस्पताल वरपरको सुविधा सम्पन्न अन्य सरकारी तथा निजी अस्पताललाई स्याटेलाईट अस्पतालको रुपमा तोकिएको छ । आवश्यकताअनुसार हब अस्पतालले स्याटेलाइट अस्पतालसँग समन्वय र सहकार्य गर्ने बताइएको छ । विपद्को बेला स्वास्थ्य सेवा प्रदायक संस्थालाई समन्वय गराएर मानवीय क्षति कम हुने गरी व्यवस्थापन मिलाइने भरतपुर अस्पतालका विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनका सम्पर्क ब्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए । यसका लागि काम सुरु गरिएको उनले जानकारी दिए ।
जिल्ला दैवी प्रकोप तथा विपद् व्यवस्थापन समितिको निर्देशन र समन्वयमा काम गरिने सामाजिक सेवा इकाईका प्रमुखसमेत रहेका पौडेलले जानकारी दिए । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् तथा प्रकोप व्यवस्थापन समिति रहेको हुन्छ । प्राकृतिक विपद्को बेला उपचारका लागि भरतपुर अस्पताललाई हब बनाएपछि अस्पतालले दिने सेवालाई प्रभावकारी बनाइने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए । २०७२ सालको भूकम्पमा भरतपुर अस्पतालले अन्य जिल्लाहरुबाट आएका भूकम्पप्रभावित घाइतेको उपचार गरेको स्मरण गर्दै कुनैपनि बेला आउने विपत्तिको लागि उपचार ब्यवस्थापनमा भरतपुर अस्पताल तयारी अवस्थामा रहेको बताए ।
विपत्तिको बेला काम गर्नका लागि मानसिक रुपमै तयारी रहन अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले केन्द्रिय रिफरल अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई हवको रुपमा विकास गर्नाले गरिब जनताले राहत पाउने विश्वास व्यक्त गरे ।
सोमबार जिल्लाका सरकारी तथा निजि स्वास्थ्य संस्थाका प्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झाले सेवासँगै मन्त्रालयले विशेष किसिमको तालिम दिनुपर्ने सुझाव दिए । जिल्ला जनस्वास्थ्य कार्यालयमा विपद ब्यवस्थापनको लागि ¥यापीड रेस्पोन्स टिम आरआरटी बनाईएको हुन्छ । यसलाई प्रभावकारी रुपमा परिचालन गर्ने भन्दै सबै अस्पतालले उत्तिकै चासो दिनुपर्ने बताए ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाले कार्यक्रमको आयोजना गरेको हो । महाशाखाकी नर्सिङ अधिकृत लक्ष्मि मरासिनीले कार्यक्रमको उदेश्य वारे जानकारी गराए । उनले विपदको लागि योजनाबद्ध तरिकाले सबै निकायसँगको समन्वय र सहकार्यमा विपद ब्यवस्थापनको कार्य सहज हुने बताए । भरतपुर अस्पताललाई हब अस्पताल बनाएपछि यस आसपासमा विपदमा परेका नागरिकले सहज सेवा पाउने दावी गरे ।
भरतपुर अस्पताल मध्यक्षेत्रकै ‘हब’
भरतपुर अस्पताल मध्यक्षेत्रकै ‘हब’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस