११ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा खसेको पहिरोका कारण दिउसो ३ बजेदेखि यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
ट्राफिक प्रहरीले अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरेको छ ।