बीबीसी
११ असार ।
बेल्जियमको एक अदालतले संयुक्त अरब इमिरेट्सका आठ राजकुमारीलाई मानव तस्करको दोषी ठहराएको छ ।
उनीहरुमाथि आफ्ना सहयोगीमाथि अमानवीय व्यवहार गरेको आरोप पछि छ ।
अदालतले यी राजकुमारीलाई १५ महिनाको सजायँका साथै हरेकलाई १ लाख ८५ हजार डलरको जरिवाना तोकेको छ । आठ जाना राजकुमारी यूएई अध्यक्ष शेख खलिफा बिन जायेदका परिवारको हो ।
यी राजकुमारीमाथि २० सहयोगीलाई दासीसरी राखेको आरोप थियो । यी सहयोगी सन् २००८ मा उनीहरुसँग ब्रसेल्सको यात्रामा गएका थिए ।
यद्यपी, अदालतले अमानवीय व्यवहारको गम्भीर आरोपबाट उनीहरुलाई मुक्त गरेको छ । राजकुमारीहरुले यी आरोप अस्विकार गरेका छन् ।
बचाउ पक्षका वकिल स्टिफेन मोनोडका अनुसार उनीहरुका वकिलले थप अपिल नगर्ने निर्णय गरेको छ । निर्णयका बेला शेख हामदा अल नाह्यान र उनीहरुका सात छोरी अदालतमा उपस्थित थिएनन् ।
दासी बनाएर राखेको आरोपः
जब उनका सहयोगी होटलबाट भाग्न सफल भए तब यसबारे पर्दाफास भएको हो । राजकुमारीहरुले होटलमा एक पूरा लक्जरी फ्लोर भाडामा लिएका थिए ।
सहयोगीका अनुसार उनीहरुलाई २४ घण्टा काममा खटाइन्थ्यो र भुईंमा सुत्न बाध्य बनाइन्थ्यो । उनीहरुले कुनै दिन पनि छुट्टी पाउँदैनथे ।
उनीहरुलाई होटल बाहिर जाने अनुमती दिइएको थिएन र राजकुमारीले नखाइसकेको खाना खान बाध्य बनाइन्थ्यो । यसरी उनीहरुको ९ वर्ष बितेको बताइएको छ ।
बेल्जियन मानवाधिकार समूह मारियाले एक बयान जारी गर्दै यो निर्णयलाई मानव तस्करीका विरुद्धको लडाईंमा महत्वपूर्ण कदम बताएको छ ।
सुनुवाईको क्रममा आप्रवासी श्रमिकमाथि ह्यूमन राइट्स वाचका विशेषज्ञ निकोलस म्यागिहनले बीबीसीसँग भने, ‘यद्यपी, कानूनी रुपमा यो प्रतिबन्ध छ तर घरेलु हिंसा अहिले पनि खाडी देशमा जरो गाडेर बसेको छ ।’