भरतपुर,११ असार ।
उद्योग वाणिज्य संघ–चितवनले शनिबार संघको सभा हलमा भरतपुर महानगरपालिकाभित्रका शिक्षा सेवा प्रदायक संस्थाहरुको भेला गरेको छ । निजी क्षेत्रले सञ्चालन गरेको माध्यमिक विद्यालय र कलेजका सञ्चालकहरुको सो भेलामा उपस्थिति थियो ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष राजन गौतमले समग्र जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि संघले निर्धारण गरेको ४ वटा क्षेत्र कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा भएकाले शिक्षा विकास र प्रवद्र्धनका लागि आगामी दिनमा गर्न सकिने उपायको खोजी गर्न छलफल गरिएको बताए । अध्यक्ष गौतमले शिक्षा सेवा प्रदायक संस्थाहरुमा रहेको लगानीअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै चितवनलाई शैक्षिक नगरीको रुपमा विकास गर्नुपर्ने बताए । उनले निजी शिक्षा सेवा प्रदायक संस्थाहरुले चितवनमा एउटा ठूलो उद्योगको रुप लिइसकेकोले त्यसभित्रको समस्यालाई समाधानका लागि संघले निजी विद्यालय तथा कलेजका सञ्चालकहरुसंग मिलेर सामुहिक प्रयास गर्ने बताए ।
संघका शिक्षा क्षेत्र विशिष्ट सदस्य चोकबहादुर क्षेत्री ‘शम्भु’ले भेलाको उद्देश्यमाथि प्रकाश पार्दै सम्पूर्ण निजी विद्यालयका सञ्चालकलाई उद्योग वाणिज्य संघ–चितवनको सदस्य बन्न आग्रह गरे । संघका प्रथम उपाध्यक्ष चुननारायण श्रेष्ठले संघको बारेमा विस्तृत जानकारीसहित प्रस्तुतीकरण गरे । कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी र प्याब्सनका केन्द्रीय सदस्य बेलबहादुर गुरुङले राज्यबाट निजी विद्यालय तथा कलेजलाई सवलीकरण गर्नभन्दा उनीहरुलाई निर्वलीकरण गर्ने व्यवहार गरेकोमा दुःख व्यक्त गरे । उनीहरुले देश संघीयतातर्पm गइसकेकोले गुणस्तरीय शिक्षा प्रदान गर्नमा चितवनले मुलुकका प्रमुख शहरहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
यसैगरी संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले सहभागीले राखेको जिज्ञाशाको जवाफ दि“दै संघले विगतदेखि हालसम्म गरेका क्रियाकलापबारे प्रकाश पारेका थिए । कार्यक्रमको अन्त्यमा शिक्षा समिति संयोजक मुना गुरुङले धन्यवाद ज्ञापन गरेको कार्यक्रम अधिकृ दिपकराज विष्टले जानकारी दिए ।