हेम रोकाहा/कायाकैरन
भरतपुर,२८ बैशाख ।
स्थानीय तहको वैशाख ३१ (पहिलो चरण) गते हुने आगामी निर्वाचनको लागि चितवनमा कूल २ हजार २ सय २ जना उम्मेद्वार चुनावी मैदानमा छन् । ५०४ पदका लागि २ हजार २ सय २ जनाले उम्मेद्वारी दिएका हुन् ।
जिल्लामा कूल ३ लाख १३ हजार २ जना मतदाता रहेकामा आधाभन्दा बढी भरतपुर महानगरपालिकामा छन् । जसमध्ये जिल्लाका सातै तहमा महिला सदस्य र दलित महिला सदस्यसमेत गरी ९०१ जना महिलाहरुले उम्मेद्वारी दिएका छन् । तेस्रो लिङ्गी उम्मेद्वार कोहीपनि छैनन् ।
निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेद्वारहरुको अन्तिम नामावली तालिकाअनुसार जिल्लाका सातै तहमा गरी कूल १० जना महिलाले प्रमुख पदमा उम्मेद्वारी दिएका छन् । त्यस्तै उपप्रमुखमा ४६, वडाध्यक्षमा ३४ र सदस्यमा ५१ जना महिला उम्मेद्वार छन् । जिल्लाभर महिला सदस्य ४०७ र दलित महिला सदस्यका उम्मेद्वार ३५३ छन् ।
देशका चार महानगरपालिकाहरुमध्येको एक भरतपुरमा २९ वडाका कूल २८२ महिलासहित ६८४ उम्मेद्वार चुनावी मैदानमा छन् । जसमा ३ महिलासहित १४ जना उम्मेद्वार मेयर पदको लागि प्रतिष्पर्धा गर्दैछन् । त्यस्तै उपमेयरमा ९ महिलासहित ११ जनाको उम्मेद्वारी परेको छ । वडाध्यक्षमा १४ महिलासहित १५९ जना उम्मेदवार छन् भने सदस्यमा ११ महिलासहित २५५ जना उम्मेदवार छन् । भरतपुरमा १२९ महिला सदस्य तथा ११६ जना दलित महिला सदस्यको उम्मेद्वार छन् ।
रत्ननगरमा कूल १६७ महिलासहित ३८३ उम्मेद्वार चुनावी मैदानमा छन् । जसमा १ महिलासहित १२ जना उम्मेद्वार मेयर पदको लागि प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै उपमेयरमा ९ महिलासहित १० जनाको उम्मेद्वारी परेको छ । वडाध्यक्षमा ९ महिलासहित ८८ जना उम्मेदवार छन् भने सदस्यमा १४ महिलासहित १३९ जना उम्मेदवार छन् । रत्ननगरमा ७२ महिला सदस्य तथा ६२ जना दलित महिला सदस्यको उम्मेद्वार छन् ।
खैरहनीमा कूल ११८ महिलासहित २९६ उम्मेद्वार चुनावी मैदानमा छन् । जसमा ११ जना पुरुष उम्मेद्वार मेयर पदको लागि प्रतिस्पर्धा गर्दैछन् । यहाँ मेयर पदको लागि महिलाको उम्मेद्वारी परेको छैन । त्यस्तै उपमेयरमा ८ महिलासहित ९ जनाको उम्मेद्वारी परेको छ । वडाध्यक्षमा १ महिलासहित ६६ जना उम्मेद्वार छन् भने सदस्यमा ८ महिलासहित १०९ जना उम्मेद्वार छन् । खैरहनीमा ५२ महिला सदस्य तथा ४९ जना दलित महिला सदस्यको उम्मेद्वार छन् ।
राप्तीमा कूल ९८ महिलासहित २६७ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा ४ महिलासहित १० जना उम्मेद्वार मेयर पदको लागि प्रतिष्पर्धा गर्दैछन् । त्यस्तै उपमेयरमा ४ महिलासहित ७ जनाको उम्मेद्वारी परेको छ । वडाध्यक्षमा ४ महिलासहित ६३ जना उम्मेद्वार छन् भने सदस्यमा ३ महिलासहित १०४ जना उम्मेद्वार छन् । राप्तीमा ४८ महिला सदस्य तथा ३५ जना दलित महिला सदस्यको उम्मेद्वार छन् ।
कालिका नगरपालिका
कालिकामा कूल ९९ महिलासहित २४७ उम्मेद्वार चुनावी मैदानमा छन् । जसमा ९ जना पुरुष उम्मेद्वार मेयर पदको लागि प्रतिस्पर्धा गर्दैछन् । यहाँ मेयर पदको लागि महिलाको उम्मेद्वारी परेको छैन । त्यस्तै उपमेयरमा ८ जना महिला उम्मेद्वारमात्रै प्रतिस्पर्धा गर्दैछन् । वडाध्यक्षमा २ महिलासहित ६० जना उम्मेदवार छन् भने सदस्यमा ७ महिलासहित ८८ जना उम्मेद्वार छन् । कालिकामा ४६ महिला सदस्य तथा ३६ जना दलित महिला सदस्यको उम्मेद्वार छन् ।
माडीमा कूल ९४ महिलासहित २१४ उम्मेद्वार चुनावी मैदानमा छन् । जसमा १ महिलासहित ८ जना उम्मेद्वार मेयर पदको लागि प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै उपमेयरमा ६ जना महिला उम्मेद्वारमात्रै प्रतिस्पर्धा गर्दैछन् । वडाध्यक्षमा ४ महिलासहित ४४ जना उम्मेद्वार छन् भने सदस्यमा ७ महिलासहित ८० जना उम्मेद्वार छन् । माडीमा ३९ महिला सदस्य तथा ३७ जना दलित महिला सदस्यका उम्मेद्वार छन् ।
चितवनको एकमात्रै गाउँपालिका इच्छाकामनामा कूल ४३ महिलासहित १११ उम्मेद्वार चुनावी मैदानमा छन् । जसमा १ महिलासहित ५ जनाको उम्मेद्वारी अध्यक्ष पदको लागि परेको छ । त्यस्तै उपाध्यक्षमा २ महिलासहित ३ जना उम्मेद्वार प्रतिष्पर्धा गर्दैछन् । वडाध्यक्षमा २२ जना उम्मेद्वार छन् भने सदस्यमा १ महिलासहित ४२ जना उठेका छन् । इच्छाकामनामा २१ महिला सदस्य तथा १८ जना दलित महिला सदस्यका उम्मेद्वार छन् ।