मुग्लिङ, ९ असार ।
नारायणगढ–मुग्लिङ सडकखण्डको मुग्लिङ नजिकै पहिरोमा हराइरहेकामध्ये २ जना प्रहरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव पहिरोबाट निकालिएको हो ।
अरु २ जनाको अवस्था पत्ता लागेको छैन ।
गएराति ४ किलोमा गएको पहिरो पन्छाएर सवारी आवागमन भएपछि फर्किएका इलाका प्रहरी कार्यालय मुग्लिङमा कार्यरत उनीहरु मुग्लिङबाट ३ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा अर्को पहिरोमा पुरिएका थिए ।
प्रहरी भ्यानमा सवार उनीहरु भ्यानसहित पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । पहिरोमा अझै प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङ भने बेपत्ता छन् ।
भ्यानसहित पहिरोमा परेको एउटा ट्रक सडकबाट नदीतिर खसेको छ । ट्रकका चालक र सहचालकको उद्दार गरिएको छ ।
गएराति करिब १ बजे पहिरोले प्रहरीको ना. १ झ १३९० नम्बरको भ्यान र ना. ५ ख ७८२७ नम्बरको ट्रक नदीमा खसेको थियो ।
पहिरोमा परी २ जना प्रहरीको मृत्यु , ३ बेपत्ता
पहिरोमा परी २ जना प्रहरीको मृत्यु , ३ बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस