राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट माडी नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका मदन पौडेल राप्रपा क्षेत्र नम्बर ५ का अध्यक्ष हुन् । उनी माडी देवेन्द्रपुरका स्थायी बासिन्दा हुन् । राप्रपाका संस्थापक सदस्य रहेका पौडेल २०५७ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका जिल्ला सदस्य बनेका थिए । राप्रपा अयोध्यापुरीका इकाइ सचिव भएर काम गरिसकेका पौडेल राप्रपा माडी नगर अध्यक्ष पनि भइसकेका छन् । प्रवीणता प्रमाणपत्र तह( आईए) उत्तीर्ण पौडेल सांसद् विकास कोषमार्फत माडी क्षेत्रमा परेका योजना कार्यान्वयन गराउन सक्रिय नेता हुन् । मेयर पदमा उम्मेद्वारी दिएका मदन पौडेलसँग कायाकैरन दैनिकका विप्लव काफ्लेले गरेको संक्षिप्त कुराकानी ः
मेयरको उम्मेद्वार हुनुहुन्छ कस्तो छ तयारी ?
माडीमै जन्में, हुर्कें । राजनीति यहिंबाट सुरु गरें । माडी क्षेत्रमा हुने विकास निर्माण कार्यान्वयनमा प्रत्यक्ष खटिएको छु । जनताले माग गरेका विकासका योजनाबारे हाम्रो पार्टीबाट निर्वाचित सांसद् विक्रम पाण्डेसँग पु¥याउन पुलको काम गरें । यहिंबाट निर्वाचित भएर गएपछि भूमिसुधार तथा व्यवस्थामन्त्री बन्नुभयो । अन्य दलजस्तो निर्वाचित भएर गएपछि माडी कहिल्यै नफर्किने स्वभावको उहाँ हुनुहुन्न । तर, बढी समस्या परेका बस्तीमा पु¥याउन मैले अगुवाई गरें । माडीका समस्या, सम्भावनाबारे बढी जानकार भएकै कारण मलाई मेयरमा उठाइएको छ । चुनाव पहिले पनि जनताकै माझमा थिएँ, अहिले पनि छु, भोलि पनि रहनेछु ।
माडी विकासका योजना के छन् ?
रिउ खोलामा तटबन्धन र निकुञ्ज तथा जंगल किनारमा मेसजालीको व्यवस्था गरेर सुरक्षित सुन्दर बस्ती निर्माणको काम पहिलो चरणमा गर्नेछु । बगई, घाँघर, बाँदरमुढे, टुनामुना, मगुई, चितई, मेरोठलगायत खोलामा उच्चस्तरीय तटबन्धन गर्न पहल गर्नेछु । सानाठूला नदी तथा खोलामा सडक निर्माण गरी सुरक्षित मानव बस्ती बनाइने छ । वर्सेनि बाढीले कटान हुने समस्या समाधान गर्दै खेतीयोग्य जमिनको संरक्षण हुनेछ । सबै वडा समेट्ने गरी चक्रपथ बनाउन लाग्नेछु । गोविन्दबस्तीदेखि पाण्डवनगरसम्म रिउ कोरिडोर निर्माण गरी व्यापारिक मार्ग, पर्यटनका गतिविधि सञ्चालन गर्ने योजना बनाएका छौं । भरतपुर–ठोरीको निर्माण हुन बाँकी सडकलाई उच्चस्तरीय कालोपत्रे गर्ने कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । गर्दीको सेरुवा चोकबाट पाण्डवनगरको गोद्धक महादेव मन्दिर हुँदै वाल्मीकि आश्रम, त्रिवेणी धाम जाने पर्यटकीय सडक बनाउन प्रदेश, केन्द्रीय सरकारसँग पहल गरिने छ । माडीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन पर्यटकीय गन्तव्य माडी बनाउन सकिन्छ । गोद्धक, पर्शुरामकुण्ड, वाल्मीकि आश्रम, त्रिवेणीधाम, सोमेश्वरकालिका, इच्छाकामना भगवती, बैकुण्ठेश्वर महादेवलगायत क्षेत्रमा भौतिक पूर्वाधार विकास, सडक सञ्जाल जोड्न लागिपर्नेछु ।
माडीको पहिचान कस्तो बनाउने योजना छ ?
अब समृद्ध, सुन्दर माडी बन्नेछ । अन्य विकसित नगरमा पाइने सबै सेवा यहिं पाइने छ । सेवाको अभावमा सदरमुकाम जान सास्ती खेप्नुपर्ने छैन । सहजरुपमा स्वास्थ्य, शिक्षाका सेवा पाइने व्यवस्था मिलाइने छ । अस्पताल तथा क्याम्पसको स्तरोन्नति गरिने छ । नगर बस सहजरुपमा सञ्चालन गरिनेछ । सीमसार क्षेत्र बगही, कृष्णनगर, दिवानगर, घाँघर र कल्याणपुरको हरिनगर, गोपालनगर, अमिलिया र ढिकुनलाई माछापकेट क्षेत्र, माडीका सुख्खाग्रस्त क्षेत्रमा डिपबोरिङ गरी व्यवसायिक कृषि खेतीलाई प्रशय दिइने छ । यहाँका आदिवासी समुदायका बस्तीमा होमस्टे सञ्चालन गरिने छ । विद्युत् सेवा पुग्न नसकेका माडीका कुना–कुनासम्म विद्युत् सेवा पु¥याइने छ । रंगशाला, पार्कलागयत पूर्वाधार बनाइने छ । स्वस्छ, हराभरासहितको सुन्दर नगर बनाइने छ ।
निवर्तमान मन्त्रीको नाम लिएकै आधारमा चुनाव जितिएला र ?
जनता सचेत छन् । माडीमा पछिल्ला वर्षमा भएका विकासक्रमलाई नियालेका छन् । झुटा आश्वासन दिदै मत खाएर कहिल्यै नफर्किने नेता पनि चिनेका छन् । स्थानीय तहको नेतृत्व स्थानीयले नै लिने हो । म जनताको माझ पुग्न चुनावको मिति कहिल्यै पर्खिनँ । पुल, बाटो, खानेपानी, तटबन्धन जस्ता थुप्रै योजना आउँदा म जनतासँगै थिएँ । जनताले मूल्यांकन गरिरहेका छन् । माडी नगरपालिकामा आएका अधिकार दुरुपयोग र भागबण्डामा जान नदिन अवश्य साथ दिनेछन् । माडी विगतमा दुर्गम हुनुको मुख्य कारण नेताहरुको इच्छाशक्ति नभएरै हो । अब त्यो गल्ती फेरि दोहो¥याउने छैनन् ।
समृद्ध माडीका लागि काम गर्छुः मदन पौडेल
समृद्ध माडीका लागि काम गर्छुः मदन पौडेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस