काठमाडौं,८ असार ।
सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपीसहित चार जनालाई जेल चलान गरिएको छ ।
पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्व एआईजीपी दीपकसिंह थाङ्देन र पूर्वडीआईजी दीपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोशबमोजिम जेल चलान गरिएको हो ।
सर्वोच्च अदालतका तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो ।
पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ । पूर्व प्रहरी प्रमुख रमेशचन्द ठकुरीले भने पक्राउ परेका छैनन् ।
यस्तै श्याम सिंह थापा र दीपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दीपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको थियो ।
भ्रष्टचारी जेल चलान
भ्रष्टचारी जेल चलान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस