४ असार । भारतलाई १८० रनको लजास्पद हार खुवाउँदै पाकीस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनल चिडन्तमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै बदला लिन सफल भएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । पाकीस्तानका लागि अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए । अली ५९ रन बनाएर आउट भए । उनी रन आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्याए । ११४ रन बनाएका फखार जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए । सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके । तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्याए । ३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतीय टोली पाकीस्तानी बलरहरुसामू निरिह बने । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । भारतलाई मात्र ३०।३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३÷३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।
भारतको १८० रनको लजास्पद हार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस