कपिलवस्तु, ४ असार । कपिलवस्तुको वाणगंगामा दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनय दर्ता चलिरहेका बेला बम विस्फोट भएको छ ।
प्रदेश नम्बर १, ५ र ७ प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि आइतबार मनोनय दर्ता भइरहेका बेला कपिलवस्तको वाणगंगा नगरपालिका–४ गजेहडामा भएको बम विस्फोटमा १० जना घाइते भएका छन् ।
घाइतेहरुको उपचारका लागि बुटवल पठाइएको छ भने उनीहरु मध्य तीन जनाको अवस्था गम्भीर रहेको बताइउको छ । निर्वाचन कार्यालयबाट करिब एक किलोमिटरको दूरीमा भएको सो बम बिस्फोट कसले गराएको भन्ने खुलेको छैन भने यस विषयमा अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ ।