रत्ननगर,४ असार
लागू औषध बिक्री वितरण तथा सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध बिक्री गर्दै गरेको अवस्थामा कालिका नगरपालिका १ बाट उमेश राईसहित अन्य दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
राईलाई उनकै घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न लागू औषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) नारायण रञ्जितकारले जानकारी दिए । राईसहित कालिका नगरपालिका १ कै सुनिल सुनार र रत्ननगर नगरपालिका ७ का गणेश लामालाई पनि पक्राउ गरिएको डिएसपी रञ्जितकारले बताए । रञ्जितकारका अनुसार राईको घरबाट डाईजेपाम १० थान, फेनारगन ९ थान, नुफिन ९ थान, सिरिन्ज ४ थान समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई लागु औषध कारोवार ऐन अन्र्तगत मुद्या चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय टाँडीले लागू औषध विक्री वितरण तथा सेवनकर्ताको र चोरीमा सलग्नहरुको खोजीलाई तीव्र पारेको छ ।
यस्तै, चोरीका घटनामा सलग्न तीन जनालाई इलाका प्रहरी कार्यालय टाँडीले पक्राउ गरेको छ । चोरीका विभिन्न घटनामा सलग्न उनीहरुलाई जेष्ठ २८ गते पक्राउ गरिएको कार्यालयका प्रमुख डिएसपी नारायण रञ्जितकारले बताए । पक्राउ पर्नेमा रत्ननगर २ का भरत परियारसहित अन्य दुई जना १४ वर्षिय बालक रहेका छन् । ति बालकहरुले रत्ननगर १४ का धर्मबहादुर थापाको घरबाट नगद २ लाख चोरी गरेका थिए । चोरी गरेर उनीहरुले एक एक वटा मोवाईल ,कपडा खरिद गरेका छन् । घटनापछि काठमाडौ, हेटौडा घुमेर आएका उनीहरुले टाँडीमानै पक्राउ गरिएको डिएसपी रञ्जितकारले बताए । उनीहरुको साथबाट नगद १ लाख,दुई वटा मोवाईल बरामद गरिएको छ । त्यस्तै रत्ननगरमा सटर फोडेर चोरी गर्ने भरत परियारलाई पनि पक्राउ गरि चोरी मुद्यामा अनुसन्धान भईरहेको डिएसपी रञ्जितकारले जानकारी दिए ।
लागू औषध बिक्री गर्ने र चोरीमा संलग्न ६ जना पक्राउ
लागू औषध बिक्री गर्ने र चोरीमा संलग्न ६ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस