विप्लव काफ्ले/कायाकैरन
भरतपुर,४ असार।
स्थानीय तहको पहिलो चरणको चुनावमा अल्पसंख्यक चेपाङ समुदायबाट ६४ जना जनप्रतिनिधि चयन भएका छन् । वडाध्यक्षमा ११ जना पुरुष, सदस्यमा १९ जना महिला सहित ५३ जना चयन भएका छन् ।
सबैभन्दा बढी चेपाङ समुदायका निर्वाचित भएका छन् । चितवनबाट ५ जना वडाध्यक्षमा निर्वाचित भएका छन् भने २० जना सदस्यमा निर्वाचित भएका छन् । यस्तै मकवानपुरबाट २२ जना चुनिएका छन् । वडाध्यक्षमा ४ जना, सदस्यमा १८ जना चयन भएका छन् । धादिङबाट १२ जना चयन भएका छन् । जसमध्ये १ जना वडाध्यक्ष, ११ जना सदस्यमा चुनिएका छन् । गोर्खाबाट १ वडाध्यक्ष सहित ४ जना चयन भएका छन् । लमजुङबाट १ जना सदस्य चयन भएका छन् । यस्तै ६ जना कार्यपालिका सदस्यमा चयन भएका छन् ।
निर्वाचित जनप्रतिनिधि मध्ये २६ जना एमालेबाट, कांग्रेसबाट २० जना, माओवादी केन्द्रबाट १८ जना निर्वाचित भएका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ÷प्रजा जातिको जनसंख्या ६८ हजार ३ सय ९९ जना रहेको छ । २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ । चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवनमा २८ हजार ९ सय ८९ रहेका छन् । दोस्रो चेपाङ बाहुल्य जिल्ला मकवानपुरमा १९ हजार २ सय ३३ रहेका छन् । धादिङमा १४ हजार ४ सय ९२ रहेका छन् । गोरखामा चेपाङको जनसंख्या ३ हजार ४ सय ५४ रहेको छ ।
चेपाङ समुदायबाट पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभाषद बनेका गोविन्दराम चेपाङ स्थानीय तहको नेतृत्वमा तहमा चेपाङको नेतृत्व कम संख्यामा आएको बताउँछन् । “चेपाङ समुदायका बाहुल्य क्षेत्रमा दलहरुबाट चेपाङ उम्मेद्वार धेरै रहदा अन्य समुदायले जितेका छन्”, उनले भने, “चुनावी प्रचारप्रसारमा समेत आर्थिक अभावको कारणले धेरै चेपाङ उम्मेद्वारले हार बेहोरे ।”
२०५४ सालको स्थानीय निकायको चुनावमा सिद्धि र काँकडामा गाविस अध्यक्ष र उपाध्यक्षमा चेपाङले जितेका थिए । केहि वडा सदस्यमा जितेका थिए । पहिलो संविधानसभा दुई जना चेपाङ समुदायबाट समानुपातिक सभाषद थिए । “नेतृत्व तहमा विगतको भन्दा धेरै प्रतिनिधित्व भएको छ”, उनले भने, “बाहुल्य क्षेत्रमा समेत केहि क्षेत्रमा हार बेर्होनुप¥यो ।” निर्वाचित चेपाङ नेतृत्वलाई स्थानीय तहका अधिकार तथा सञ्चालनबारे थप प्रशिक्षणको खाँचो रहेको उनी बताउँछन् । “सीमान्तकृत समुदायका व्यक्ति नेतृत्वमा पुगेका छन्”, नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका गोविन्दराम भन्छन्, “संघले प्रशिक्षण तथा एकताका लागि पहल गर्नेछ ।”
विज्ञ सहित निर्वाचित चेपाङ नेतृत्व राखेर चेपाङ समुदायको हक अधिकार स्थापित गर्नेबारे थप योजना तयार पारिने बताए । शनिबार भरतपुरमा नेपाल चेपाङ संघ केन्द्रीय कार्यालयले निर्वाचित चेपाङ नेतृत्वलाई सम्मान गरेको छ । नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङले पछि परेको चेपाङ समुदायमा उत्साह थपिएको बताउँछन् । “स्थानीय सरकारमा चेपाङ समुदायका माग पु¥याउने नेतृत्व चयन भएका छन्”, उनले भने, “नीति बनाउने, अधिकार स्थापित गर्न सहज हुनेछ ।” चितवनको कालिका नगरपालिकामा मेयर, मकवानपुरको राक्सिराङ गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा चेपाङ उम्मेद्वार थिए । तर, उनीहरु नेतृत्वमा पुग्न सकेनन् । वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यमा चेपाङ समुदायको सहभागिता रहेको छ ।
चेपाङ समुदायको सपना पुरा गर्छु– जनप्रतिनिधि
स्थानीय तहको निर्वाचनबाट चुनिएका चेपाङ नेताहरुले चेपाङको हक अधिकार स्थापित गर्न लागिपर्ने प्रतिवद्धता दोहो¥याएका छन् । नेपाल चेपाङ संघले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागि जनप्रतिनिधिले चेपाङ समुदायका माग सम्बोधन गर्न लागिपर्ने बताए ।
“५ वर्ष सम्म काम गर्ने अवसर पाएका छौँ”, मकवानपुर राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले भने, “चेपाङ समुदायलाई अधिकार दिलाउन लबिङ गर्छु ।” नागरिकता, जग्गा पुर्जा, सिफारिस लगायतका काममा सहजता ल्याउने बताए । धादिङको गजुरी गाउँपालिका ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङ चेपाङ समुदायलाई एक्यवद्ध बनाएर विकास गर्ने बताए ।
चितवनको इच्छाकामना गाउँपालिका ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङले केन्द्रीय सरकार सञ्चालनमा पुग्ने गरी समुदायको विकासमा लाग्ने बताए । राप्ती नगरपालिका १२का वडाध्यक्ष अर्जुन प्रजाले बाटो, स्वास्थ्य, शिक्षा, सञ्चार, सिँचाई विकास गर्न लागिपर्ने बताए । धादिङ गजुरी गाउँपालिकाको परिषद् सदस्यमा चुनिएकी शोभा चेपाङ चेपाङ शव्दलाई कहिल्यै नभुल्दै योजना निर्माण तथा विकास गर्न लाग्ने बताइन् । पहाड कुना कन्दरामा कठोर जीवन बिताइरहेका चेपाङ समुदायका पीडा हटाउन लागिपर्ने उनीहरुले प्रतिवद्धता दोहो¥याएका छन् ।
स्थानीय सरकारमा चेपाङको नेतृत्व
स्थानीय सरकारमा चेपाङको नेतृत्व

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस