भरतपुर, १९ चैत
उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाका वडा नम्बर १ र २ का दैनिक ज्यालादारी मजदुरी गरेर जीवन चलाउदै आएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
भरतपुर १ र २ का वडाध्यक्षहरुसँगको समन्वयमा खाद्यान्न सहयोग गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।
वडाध्यक्षहरुको समन्वयमा सामाजिक दूरी कायम गर्दै राहत बाँडिएको श्रेष्ठले बताए । संघअन्तर्गत रहेका महिला उद्यमी विकास समिति र कार्यसमितिका महिला उद्यमीहरुको संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । चामल, दाल, नुन, तेल, चिउरा, आलु, प्याज, चिनी वितरण गरिएको संघका वरिष्ठ अधिकृत निलबहादुर केसिले जानकारी दिए ।
.
सामाजिक दूरी राख्दै खाद्यान्न बाँड्यो उद्योग वाणिज्य संघले
सामाजिक दूरी राख्दै खाद्यान्न बाँड्यो उद्योग वाणिज्य संघले
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस