फाइल फोटो
भरतपुर ,४ असार ।
चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ३ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध भएपछि अहिले नारायणगढदेखि काठमाडाँै जाने तथा काठमाडौँ, पोखरालगायत क्षेत्रबाट नारायणगढ आउने यातायातका साधन बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउन समस्या भएकोले अझै ५/६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।