भरतपुर, १६ चैत
चितवनबाट हिजो कोरोना भाइरसको परीक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाइएको चारै जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
भरतपुर कोरोना अस्पतालमा उपचाररत आशिक पौडेल, सुशील चौधरी, ममाकान्त भट्टराई र पोशक पोखरेलको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले बताए ।
उक्त अस्पतालले आज पनि तीन जनाको नमूना परीक्षणका लागि स्वाब केन्द्रिय प्रयोगशाला पठाएको छ ।
त्यसैगरी, भरतपुर अस्पतालले आज ३ जनाको कोरोना नमुना संकलन गरी टेकु परीक्षणका लागि पठाएको छ । ती मध्ये १ जना अस्पतालको आइसोलेसन वार्डमा रहेका छन् भने २ जना सेल्फ क्वारेन्टाइनमा छन् । अस्पतालमा आज ६ जना ज्वरोका बिरामी उपचारमा आएकाे सूचना अधिकारी लिलाधर पौडेलले बताए ।