भरतपुर,३ असार ।
उपचारमा रगत अभाव देखिन थालेपछि रक्तदान कार्यक्रम गर्न थालिएको छ । दिदि बहिनी समूह लंकु तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा लंकुको आयोजनामा शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रक्तदान कार्यक्रम गरिएको छ ।
सो कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेको समूहकी अध्यक्ष गौरी सापकोटाले जानकारी दिइन् । यस्तै , विवेकशील नेपाली दलले चितवनले जिल्लाको विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । शनिबार भरतपुर ९ मिलन चोकमा आयोजित कार्यक्रममा ४५ जनाले रक्तदान गरेको अध्यक्ष सरला लामिछानेले जानकारी दिए । यस्तै असार १० गते शनिवार रत्ननगर टाँडीमा गरिने जनाइएको छ ।