भरतपुर, १६ चैत
कोरोना विशेष अस्पतालको ओपिडीमा आज २४ जनाले सेवा लिएका छन् ।
त्यस्तै ३ जनालाई भर्ना गरिएको जानकारी अस्पताल श्रोतले दिएको छ । यो सँगै आइसोलेसन वार्डमा भर्ना हुनेको संख्या ६ पुगेको छ ।
आज ३ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।