भरतपुर, १५ चैत
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ९८ जनालाई आज नियन्त्रणमा लिइएको छ ।
जिल्लाका विभिन्न स्थानहरुबाट ४३ वटा मोटरसाइकल, ३ वटा स्कुटर, एउटा कार र १२ वटा साइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रबक्ता एकनारायण कोइरालाले बताए ।
९३ जना पुरुष र ५ जना महिलाहरुलाई आगामि दिनमा नियमको पालना गर्ने सर्तमा छाडिएको कोइरालाले जानकारी दिए ।