काठमाडौं, १५ चैत
पछिल्लो समय ओजोनको तहमा सुधार आइरहेको एक अध्ययनले देखाएको छ । कोलोराडो बोउल्डर यूनिभर्सिटीले गरेको एक अनुसन्धानले अन्टार्कटिकाभन्दा माथिको ओजोन तहमा निरन्तर सुधार आइरहेको देखाएको हो ।
वैज्ञानिकहरुका अनुसार अहिले दक्षिणी गोलार्धको वायुमण्डलमा देखिँदै आएको धेरै जोखिमपूर्ण परिवर्तन रोकिएका छन् । तर, यो परिवर्तन अस्थायी मात्र पनि हुन सक्ने उनीहरुले बताएका छन् । पछिल्लो समय कार्बन उत्सर्जनमा विश्वभर कमी आइरहेकाले यस्तो परिवर्तन देखिएको हुन सक्ने बताइएको छ ।
सन् १९८० को दशकको अन्तिममा देखिएको ओजोन तहको क्षयीकरणले दक्षिणी वायु थप दक्षिणतर्फ बहिरहेको छ । यसले वर्षाको चक्र र समुद्री छालको गतिमा परिवर्तन देखिँदै आएको छ ।