रत्ननगर,३ असार।
साविक खैरहनी नगरपालिका १५ मा रहेका चार वटा क्लबहरुलाई खेलकुद सामाग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा विनियोजन गरेको १ लाख ९० हजार बराबरको खेलकुद सामाग्री साविक खैरहनी १५ मा रहेका क्लबहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।
साविक कठार गाविस १,२,३ र ४ नम्वर वडाका क्लवहरुलाई सो रकम वरावरको विभिन्न खेलकुद सामाग्री वितरण गरिएको खेलुकद सामाग्री वितरण उपभोक्ता समितिका सचिव विनय श्रेष्ठले जानकारी दिए । खैरहनी १० वडा कार्यालयमा आयोजित कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले क्लवका प्रतिनिधीहरुलाई सामाग्री हस्तान्तरण गरेका थिए । प्रत्येक क्लवलाई फुटवल,जर्सी,क्रिकेट सामाग्री,भलिवल सामाग्री,व्याडमिन्टन लगायतका खेलकुद सामाग्री वितरण गरिएको थियो ।
सो अवसरमा वोल्दै मेयर चौधरीले व्यक्तीको शारीरिक मानसिक विकास गर्दै सक्षम जनशक्ति उत्पादन गर्न खेलकुदले महत्वपुर्ण भुमिका खेल्ने वताए । कठारबाट उत्पादन भएका खेलाडीहरुले अन्तराष्ट्रियस्तरमा सहभागीता जनाएको स्मरण गर्दै मेयर चौधरीले खेलकुदसंगै आर्थिक विकास गर्न युवाहरुलाई आग्रह गरे ।
वडा भित्र रहेका सार्वजनिक जग्गा खोजी गरी खेल मैदान वनाउनका लागि नगरपालिकाले पहल गर्ने समेत मेयर चौधरीको भनाई थियो । खेलकुद सामाग्री वितरण उपभोक्ता समितिका अध्यक्ष रामशरण दाहालको अध्यक्षतामा भएको वितरण कार्यक्रममा खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,लिलाराज गुरुङ,गोपाल भण्डारी लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा हालै निर्वाचित जनप्रतिनिधीहरु मेयर लालमणी चौधरी, खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,वडा नम्वर ९ का वडाध्यक्ष होमकुमार पुन,वडा नम्वर १० का सदस्य रामदिन चौधरीलाई सम्मान समेत गरिएको थियो ।