२७ बैशाख ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बृहत आमसभालाई सम्बोधन गर्न भोली(बिहीबार) भरतपुर आउने भएका छन् । भरतपुर महानगरपालिकाको मेयर तथा उपमेयर पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपश्चात दुवै पार्टीका शिर्ष नेतृत्व एकै मञ्चबाट सम्बोधन गर्न आउन लागेका हुन् । भरतपुर केन्द्रीय बस ट्रमिनलको खुल्ला चौरमा बृहत आमसभा गर्ने तयारी भएको संयुक्त चुनाव प्रचार समितिले जनाएको छ । प्रचण्ड र देउवा विहान ११ बजे आइपुग्ने तालिका छ । महनगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा मेयर पदमा रेणु दाहाल र उपमेयर पदमा पार्वती शाहलाई चुनावी मैदानमा अघि बढाएको छ । अन्यौलमा परेका कार्यकर्तालाई तालमेलको आवश्यकताबारे स्पष्ट पार्न पार्टी अध्यक्षहरु एकसाथ आउन लागेका हु्न । भरतपुर महानगरपालिकामा १४७ पदका लागि ६ सय ८४ जना भिड्दैछन् । मेयर पदमा १४ जना र उपमेयर पदमा ११ जनाले उम्मेदवारी दिएका छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् भने एक लाख ५० हजार २ सय ७४ मतदाता रहेका छन् । जिल्लाका कूल मतदातामध्ये करिब आधा मतदाता भरतपुर महानगरपालिकामा छन् ।
प्रचण्ड र देउवा भोली एउटै मञ्चबाट सम्बोधन गर्ने
प्रचण्ड र देउवा भोली एउटै मञ्चबाट सम्बोधन गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस