भरतपुर , २ जेठ । बोक्सीको आरोप लगाउने तीन व्यक्तिलाई चितवन प्रहरिले पक्राउ गरेको छ ।
भरतपुर महानगर वडा नंम्बर ११ बस्ने तीन जना व्यक्तिहरुलाई बोक्सा बोक्सी हुन भनि आरोप लगाई समाजमा बेईज्यती गरेको आरोपमा ३ जना लाई पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भरतपुर म ।न ।पा ।वडा नं ।११ बस्ने बर्ष ४५ की सीता राई, बर्ष २५ की लालमाया राई र बर्ष २३ को कान्छा राई रहेका छन । उनिहरुलाई हिजो बिहिबार पक्राउ गरि चितवन जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी बोक्सीको आरोप लगाएको मुद्दामा थप अनुसन्धान कार्य भई रहेको छ । तीनै जनाले पिडितलाई मानसिक तानवसगैँ समाजिक रुपमा वेईज्जत गरेको भन्दै निजहरुलाई कारवाही गरी पाउँ भनि पिडितहरुले किटानी जाहेर गरेपछि पक्राउ गरि आवश्यक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।