चितवन, २ असार । विनासकारी भुकम्प २०७२ बाट क्षतीग्रस्त भरतपुरमहानगरपालिका १६ मा रहेको आधरभुत बिद्यालय मोहनपुरलाई आर्थीक सहयोग प्राप्त भएको छ ।
भुकम्पबाट क्षतीग्रस्त भवनको पुन निर्माणका लागी आर्थीक सहयोग गरिएको हो । नारायणगढका ३ बानिया दाजुभाईले आफ्ना स्वर्गीय बुबा फौद बहादुर र आमा धनकुमारी बानियाको स्मृतीमा आर्थीक सहयोग गरेका हुन् । स्वर्गीय बानिया दम्पतीका छोराहरु शम्भु, राजेन्द्र र लक्ष्मण बानियाले बिद्यालयका प्रध्यानाध्यापक ईश्वरीप्रसाद दवाडी र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शुरबिर पोखरेललाई संयुक्त रुपमा ५ लाख रुपैया बराबरको चेक हस्तान्त्रण गरेका हुन् ।
स्वर्गीय बुबाको सामाजिक सेवाको योगदानको प्ररणाले बिद्यालयलाई आर्थीक सहयोग गरेको छोरा शम्भु बानियाले जानकारी दिए । स्वर्गीय फौद बहादुरले नेपाल रेडक्रस शोसाईटी चितवन शाखा, बालकुमारी कलेज, बाल कुमारी उच्च मावि र कन्या माबी लगाएत बिभिन्न सामाजिक संघसंस्थामा संस्थापक सदस्य भएर सामाजिक कार्यमा सहभागी भएको उनको भनाई छ । बानिया ३ दाजुभाईले आफ्ना स्वर्गीय बुबा तथा आमाको स्मृतीमा हाल सम्म बिभिन्न काम गरेको छोरा लक्ष्मण बानियाले बताए ।
नारायणगढमा ईश्वरीमाई मन्दिर निर्माण, क्रियापुत्री भवन निर्माण संगै आधरभुत बिद्यालय मोहनपुरमा गुणस्तरिय खानेपानीको ब्यबस्था गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शुरबिर पोखरेलले भुकम्पपछी क्षतीग्रस्त भवन निर्माणका लागी प्राप्त सहयोग रकमले भवन निर्माणमा टेवा पुग्ने बताए । जिल्ला शिक्ष्ाँ कार्यलय चितवनबाट ४८ लाखको लागतमा ६ कोठे भवनका लागी रकम प्राप्त भएको बताए ।
जस्ताको छानाकालागी रकम बिनियोजन भयपनी सहयोगी दाताहरुको खोजीमा ढलाई गर्नेगरी भवन निर्माण शुरुगरिएको उनले बताए । बानिया दाजुभाई बाट प्रापत रकम ढलानका लागी खर्च गर्ने उनले बताए । त्यसअघी बिद्यालयलाई लक्ष्मण बानियाको पहलमा युथ क्लब नारायणगढले अस्थाई भवन निर्माण गरेको थियो । कार्यक्रममा बोल्दै बिद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद दवाडीले बिपन्न तथा अधिकासं सिमान्तकृत परिवारका करिब ४ सय बिद्यार्थी अध्ययनरत रहेको बताए ।
बिद्यालयको भवन निर्माण पश्चात बिद्यार्थीहरुलाई अध्ययनका लागी सहजहुने उनले बिश्वास ब्यत्त गरे । कार्यक्रममा युथ कल्ब नारायणगढका पुर्ब अध्यक्ष हेरम्भ कुमार अशिमले स्वर्गीय बानियाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
विद्यालयलाई वानियाले गरे ५ लाख सहयोग
विद्यालयलाई वानियाले गरे ५ लाख सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस