२ असार ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखा र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा आज भरतपुर महानगरपालिका २५ शुक्रनगरमा विधार्थीहरुको मुटु परिक्षण गरिएको छ । शुक्रनगर स्थित प्रभात माध्यामिक विधालयमा भएको सो कार्यक्रममा ७ सय ३० जना विधार्थीको मुटु परिक्षण गरिएको थियो । परिक्षणको क्रममा ७ जनामा मुटुको समस्या देखिएको थियो । जसमा ४ जना छात्रा र ३ छात्र रहेका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष इंजिनियर भोजराज कौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा भरतपुर महानगरपालिकाका अधिकृत लिलाराज खरेल, मुटुरोग विशेषज्ञ डा. केशवराज आचार्य, डा.शारदा कुवंर, प्रभात माध्यामिक विधालय शुक्रनगरका प्रधानाध्यापक होमनाथ भण्डारी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाका आजिवन सदस्य रामचन्द्र सापकोटा, आशा खरेल, सुस्मा रानाभाट लगायतको उपस्थिती रहेको थियो ।