२ असार । रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक युवकको मृत्यु भएको छ । हिजो बेलुका खाना खाएर सुतेका म्याग्दी राखुको २७ बर्षीय शेबहादुर कार्कीको मृत्यु भएको हो ।
सोल नजिकै खिम्पो शहर स्थित प्लाष्टिकको दाना बनाउने ‘होंजिन’ नामको कम्पनीमा कार्यरत कार्की सुतेकै ठाउँमा मृत भेटिएको हो ।
हिजो बेलुका खाना खाएर सुतेका कार्की आज विहान सुतेकै अबस्थामा मृत भेटिएको त्यहाँ रहेका नेपाली उमेश बस्नेतले जानकारी दिए ।
उनी ९ महिना पहिले पटक कोरिया गएका थिए । विहान अबेरसम्म पनि नउठेपछि झ्यालको ढोका तोडेर हेर्दा उनी मृत भेटिएका थिए । उनी सुतेको कोठामा नेपालबाटै लगिएको केहि औषधि पनि भटिएको छ ।