काठमाडौं, १२ चैत
सरकारले अबको तीन दिनमा चीनबाट स्वास्थ्यकर्मी र चिकित्सकलगायतका अत्यावश्यक उपकरण सामग्री ल्याउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलनमा सरकारले यस्तो तयारी गरेको बताएका हुन् ।
विदेशबाट आएकाहरुले अनिवार्य होम क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले अनुरोध गरेका छन् । उनले कुनै पनि समस्या आएमा तुरुन्तै नजिकैको अस्पालमा गएर जाँच गर्न समेत अनुरोध गरेका छन् । उनले सरकारले कोरोना भाइरसको उपचार निःशुल्क गर्ने समेत जानकारी दिए ।