चितवन, २७ वैशाख । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा दुर्घटना भएको ट्रकका एकजना घाइतेको उपचारको क्रममा निधन भएको छ ।
ट्रकमा परी गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का २१ वर्षीय सुरज श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान साढे ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
काठमाडौँबाट हेटौंडातर्फ जान आउँदै गरेको ना. ५ ख ९९४६ नम्बरको आइचर ट्रक आज बिहान ७ बजेतिर पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा अर्का एकजना घाइते भएका छन् । घाइते हेटौंडाकै अन्दाजी २१ वर्षीय सोनाम लामाको भरतपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको छ । सो क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएकोमध्ये एकजनाको ज्यान गएको हो ।
ट्रक खसेपछि एकजना भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै थापाले ती व्यक्ति चालक भएको आशंका गरिएको बताए ।
तस्विर सौजन्यः प्रहरी प्रमुख एसपी दीपक थापा
ट्रक दुर्घटनामा घाइते भएका एकको मृत्यु
ट्रक दुर्घटनामा घाइते भएका एकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस