१० चैत/इटलीमा कोरोना भाइरसको महामारी सुरु भएयता यसका कारण मृत्यु हुने डाक्टरको संख्या २३ पुगेको छ । त्यहाँका डाक्टरहरुको संस्था फेडेरेसन अफ डाक्टर्सले आज यो कुरा सार्वजनिक गरेको हो ।
उक्त संस्थाका अनुसार मृत्यु हुने डाक्टरहरु मध्ये १९ जनाले लोम्वर्डी क्षेत्रमा काम गरेको थिए । यो क्षेत्र इटलीकै सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । बाँकी चार जनाले केन्द्रिय, दक्षिणी र उत्तर इटालीमा काम गरेका थिए ।
आइतबार सम्ममा ४ हजार ८ सय २४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको सीएनएनले उल्लेख गरेको छ ।
कतिपय डाक्टरहरुको परीक्षण अघि नै आकास्मिक रुपमा मृत्यु भएको र त्यसलाइ पनि कोरोना कै कारण मृत्यु भएको मानिएको डाक्टरहरुको संस्थाले बताएको छ ।