भरतपुर,२ असार ।
नेपाल ग्याँस प्रा.लि ले चितवनमा औपचारिक बिक्री सुरु गरेको छ । नाकाबन्दीका बेला चितवनमा बढी खपत भएको नेपाल ग्याँसले चितवनको बजारलाई लक्षित गरी बजार विस्तार गरेको हो ।
काठमाडांैमा धेरै उपभोक्ताको रोजाइँमा परेको नेपाल ग्याँस अबदेखि चितवनका उपभोक्ताले सहजरुपमा उपभोग गर्न पाउने भएका छन् । चितवन र नवलपरासीमा एकसाथ विक्रि बिक्री शुभारम्भ गरेको नेपाल ग्याँसका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए । “नेपालको सबैभन्दा पुरानो ग्याँस उद्योग हो”, उनले भने, “नेपाल आयल निगम स्थापना हुनुअघि नै स्थापना भएको यो ग्याँस कम्पनीले अघोषित नाकाबन्दीका समयमा समेत चितवनमा राहत पु¥याएको थियो, बजार देखेरै बिक्री सुरु गरेका हौं ।” चितवनमा उन्नयन सप्लायर्स र नवलपरासीमा मध्यविन्दु ट्रेडिङले बजारीकरणको काम गर्ने जानकारी दिए ।
बिहीबार नारायणगढमा उद्योगका अध्यक्ष गुणचन्द्र विष्टले औपचारिक बिक्री कार्यक्रमको शुभारम्भ गरे । नेपाल ग्याँसले गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्नसमेत पाएको छ । काठमाडौं बालाजु र सिमरामा रहेको नेपाल ग्याँसको प्लान्ट अटोमेशन प्रविधिमा लगिएको छ । “अत्याधुनिक प्रविधिमा जोड दिएका छौँ”, अध्यक्ष विष्टले भने, “गुणस्तरीय ग्याँस उपभोक्ता माझ ल्याएका छौँ, सहजरुपमा उपभोग गर्ने वातावरण तयार गरेका छौँ ।”
अहिले बजारमा नेपाल ग्याँसको मात्रै आठ लाख सिलिन्डर छ । देशभर विभिन्न कम्पनीको ७० लाख सिलिण्डर ग्याँस रहेकोमध्ये काठमाडांैमा हाम्रो बजार हिस्सा २० प्रतिशतभन्दा बढी छ । काठमाडौंमा २५ वटा कम्पनीले ग्यास बिक्री गरिरहेका छन् । कार्यक्रममा बोल्दै सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्याँसका कारण काठमाडौँमा पहिलो रोजाइँमा परेको यो ग्यास चितवनमा पनि लोकप्रिय बन्ने विश्वास नेपाल ग्याँस बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । नेपाल ग्याँस सेमी अटोमेशनबाट पूर्ण अटोमेशनमा लगेर दैनिक ३५ हजार सिलिण्डर भरेर बजारमा बिक्री गरेको भण्डारीले बताए ।