भरतपुर,२ असार ।
भरतपुर अस्पतालको अस्पताल विकास कर्मचारी युनियनको अध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी निर्वाचित भएका छन् । समितिको छैटौं अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा विष्णुप्रसाद बास्तोला, सचिवमा गोविन्दप्रसाद ढकाल, सहसचिवमा ईञ्जिनियर चन्द्रमणि बस्याल, कोषाध्यक्षमा सनतबहादुर थापा चयन भएका छन् । कार्यसमितिको सदस्यमा डा. मनोज कँडेल, घनश्याम अधिकारी, शिवप्रसाद बस्याल र संगीता श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले अस्पतालको सेवा प्रभावकारी बनाउन विकास समितिअन्तर्गतका कर्मचारी लागिपर्ने भन्दै सेवा सुविधाको लागि प्रशासनले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।