स्थानिय निर्वाचन आउन केहि दिन मात्रै बाकी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रचार अभियानमा तिब्रताका साथ लागेको छ । देशकै महत्वको महानगरका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा आधिकाशं दलले महिलाहरुलाई उमेदवार बनाएका छन् । यसै सन्र्दभमा सञ्चार क्षेत्रकी हस्ति राप्रपा बाट भरतपुर महानगरपालिका मेयर पदकी उमेदवार रिना गुरुङसगँ हामीले चुनावी गतिविधि र आगामी योजनाका बारेमा अनिल भट्टराईले कुराकारी गर्नुभएको थियो ।
१) तपाईंको उम्मेदवारी के का लागि ?
मेरो उमेदवारी महिलाहरुको आत्मविश्वास बढाएर नेतृत्वदारी भुमिकामा प्रेरणा प्रदान गर्नका लागी हो । विशेषत एसियाकै उत्कृष्ट महानगर बनाउन, उधोग वाणिज्य, सञ्चार सडक, यातायात, पर्यटन, उर्जा, प्रर्वदन, पुर्वाधारको विकास गर्न, कृषिमा आधुनिक प्रविधिको प्रयोग गरि भरतपुरलाई समृद्ध बनाउन मेरो उमेदवारी हो ।
२) पार्टीका साथीहरुको त विश्वास जित्नुभयो, मतदाताको नि ?
पहिला त मैले मतदाताहरुकै विश्वास जितेर पार्टीले मलाई योग्य ठान्यो, त्यसपछि बल्ल म पार्टीबाट अनुमोदित भए । अव आम भरतपुरवासीको जितेको मनलाई कायम राख्न नमुना भरतपुर बनाउन लाग्नेछु । मेरो पहिलो कदम त विकास नै हुनेछ । त्यसपछाडी अन्य क्षेत्रमा क्रियाशिल भएर लाग्नेछु यो प्रतिबद्धता जाहेर गर्न चाहान्छु ।
३) तपाईं मतदाताबीच कति लोकप्रिय हुनुहुन्छ ?
मलाई विशेषगरी नारी मतदाताले चिन्नुभाको छ, भित्रैदेखि । अव मैले नेतृत्व लिएको सघं सस्थां कत्तिको सफल छ भन्ने सवालले नै मेरो लोकप्रियताको वास्तविक जवाफ दिन सक्छ । मैले धेरै आफ्नो बारेमा भनिरहनु भन्दा पनि सबै छर्लङग छ जस्तो लाग्छ ।
४) मतदाताले तपाईंलाई नै किन भोट दिने ?
पहिलो त मैले महानगरको नेतृत्व गर्न सक्छु, यसमा म दृढ छु, महानगरलाई सुन्दर र समृद्ध बनाउने योजना मसगँ छ । चक्रपथ निर्माण, चक्रपथमा मेट्रो ट्रेनको व्यवस्था गर्दै सुचना र प्रविधिको विकास गर्न , फोहरमैला व्यवस्थापन गर्न म सक्षम छु धेरै समय समाजको हरेक वर्ग, तह तप्कासगँ सामाजिक कार्यमा सहकार्य गरेको पनि छु । सवै वर्गसगँ समान दृष्ट्रिकोण राखेको साझा पनि छु । गृहणी देखि नेतृत्वसम्म सबैलाई हौसला प्रदान गरेको छु । त्यसकै आधारमा मलाई सम्पुर्ण मतदाताले मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
५)अन्य पार्टीका प्रतिस्पर्धी पनि होलान्, के कस्तो रणनीति बनाउनु भएको छ, चुनाव जित्ने आधार नि ?
हामी हाम्रै एजेण्डाले चुनाव जित्छौं । म आफै पनि लामो समय यहाँ विभिन्न सघं सस्थांमा रहेर काम गरेको अनुभव अरु भन्दा फरक छ । चितवन साथै भरतपुरको सञ्चार क्षेत्रको विकासमा मेरो योगदान महत्वपुर्ण छ भन्ने सर्ब वितितै छ । म राष्ट्रियता सरक्षंणका लागी हिन्दु राष्ट्र निर्माणका लागी पनि मेरो जित आवश्यक छ । त्यसैले सबैको समर्थन रहन्छ भन्ने मैले ठानेको छु ।
६) विकासका योजना के के छन् ?
म्हानगरलाई उज्यालो बनाउन हाम्रो भरतपुर उज्यालो भरतपुरका लागी सडकहरुमा बत्तिको व्यवस्था गरिने, उधोग प्रर्दशनी केन्द्रलाई पुर्णता दिईने, अन्तराष्ट्रिय स्तरको खेलकुद मैदान निर्माण गर्ने, पश्चिम मेघौलीमा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माण गर्ने, वाढी प्रभावित क्षेत्रमा तटबन्धको व्यवस्थापन गरि पर्यटन विकास गर्ने, महानगरपालिका भित्रका अव्यवस्थित बसोवास क्षेत्रलाई व्यवस्थित गर्दै तत्काल लालपुर्जा वितरण गर्ने, युवाहरुलाई सामान्य रोजगारी व्यवस्था गरि सिप आर्जनका लागी विशेष योजना ल्याईने र भरतपुर महानगरपालिकालाई देशकै अग्रणी महानगरको रुपमा विकास गर्ने लगायत योजना छन् । यहि योजनाका साथ हामी मतदातासामु गएका छौ ।
रिना गुरुङलाई भरतपुरमहानगरपालिकाको उपमेयरमा किन गर्ने मतदान ?
रिना गुरुङलाई भरतपुरमहानगरपालिकाको उपमेयरमा किन गर्ने मतदान ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस