भरतपुर, ७ चैत
चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष(अस्थायी)अस्पतालको ओपीडी र जेनरल वार्ड तयार भएको छ । कोरोना संक्रमित बिरामीको पहिचान तथा उपचारका लागि प्रदर्शनी केन्द्रको हलमा ५० शैयाको जनरल वार्ड र ओपीडी तयार पारिएको हो ।
विहान प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा अस्थायी अस्पताल शुभारम्भ भएको घोषणा गरियो ।
उक्त स्थानमा १० शैयाको हाई डिपेन्डेन्ट यूनिट(एचडीयू) र सघन उपचार कक्ष (आइसीयू) पनि निर्माण गरिदैछ । ती कक्षका लागि आवश्यक शैयाको व्यवस्था भइसकेपनि भेन्टिलेटर तथा मोनिटरहरु जडान गरेर सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।
भरतपुर महानगरपालिकाको समन्वयमा सरकारोकारवालाहरु सहभागि कार्यदलको तीन दिनको प्रयासमा कोरोना संक्रमितका लागि क्वारेन्टाइन क्षेत्रका रुपमा उक्त अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
शुभारम्भ कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीहरुले अस्पताल सञ्चालनमा आइसकेका कारण कोरोनाको आशंका लागेका बिरामीहरुलाई अबका दिन यसै स्थानमा उपचारको लागि एकीकृत गर्नुपर्ने बताए । साथै उनीहरुले बिरामीसँगै आफूहरुको सुरक्षाको विषयमा पनि सरकारले ध्यान दिनपर्ने बताए ।
फोटोःराजेश घिमिरे