१ असार, स्थानीय तह चुनावका कारण सरेको कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय परक्षा बोर्डले जनाएको छ। सरकारले निर्वाचनको मिति पुनः सारेपछि असार ८ गतेदेखि तय भएको परीक्षा आजदेखि सुरु गर्ने बोर्डले निर्णय गरेको थियो।
परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी हुँदैछन्। यसमध्ये दुई लाख ११ हजार ६८१ छात्र छन्। दुई लाख ३७ हजार ३७३ छात्रा रहेका छन्। यो पटक पनि छात्रभन्दा छात्राको संख्या बढी छ।
परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार र आंशिकतर्फ एक लाख ९ सय विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।