राजन खरेल
गैंडाकोट ,३१ जेठ । नवलपरासीको गैडाकोट–१३ बेल्डिहवामा ट्रकको ठक्कर बाट आज एक स्थानिय महिलाको ज्यान गएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना,५,ख २२११ नम्बरको ट्रकले सोही दिशा तर्फ जादैँ गरेकी, गैडाकोट १३ सिख्रौली बस्ने ४५ बर्षिय तुलसी पोख्रेललाई ठक्कर दिदाँ उनको घटना स्थलमै ज्यान गएको हो । ठक्कर दिने चालक र ट्रकका सह चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख सुबास हमालले जानकारी दिनुभएको छ । दुर्घटना चालकको लापरबाहीका कारण घटेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । ट्रक तिब्र गतिमा रहेकोले दुर्घटना भएको स्थानियले बताएका छन् ।