भरतपुर । समकालीन नेपाली प्रतिनिधि लघुकथा सङ्ग्रहमाथि भरतपुरमा छलफल चलाइएको छ ।चितवन साहित्य परिषद् र सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रममा समीक्षक मिलन समीरले पुस्तकका बारेमा टिप्पणी गरे । पुस्तकमा नेपाली भाषामा कलम चलाइरहेका मानक स्रस्टाहरूका लघुकथाहरू छन् ।
समसामयिक विषयवस्तुमा लेखिएका १ सय बाउन्न जना स्रस्टाका तीन सय आठ लघुकथाहरू यस सङ्ग्रहमा छन् । आख्यानकार एलबी क्षेत्रीले लघुकथाको संरचना र सौन्दर्यबारे आफ्नो धारणा राखे । कार्यक्रममा अनन्त अर्याल, शम्भु अर्याल, रमेश प्रभात, टीकाराम रेग्मी, गणेश श्रमण, सुरेन्द्र अस्तफलले लघुकथा वाचन गरेका थिए ।