स्थानीय तहको निर्वाचन आउन अब मात्रै ४ दिन बाँकी छ । दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनमा वैशाख ३१ गते मतदान हुनेछ । त्यसको तीन दिन अघिसम्म अथवा वैशाख २८ गतेसम्म निर्वाचनको प्रचार गर्न पाइन्छ । त्यो दिन भोलि हो । भोलिसम्म निर्वाचनको प्रचार गर्न पाइन्छ भने त्योपछि शून्य समय सुरु हुन्छ । त्यसपछि न कतै गएर कसैलाई प्रभाव पार्न पाइन्छ, न उम्म्देवारको फोटो छापेर मिडियामार्फत भोट माग्न पाइन्छ । भोलिसम्म नै प्रचारको विभिन्न माध्यम प्रयोग गर्न पाइने हो । भोलिसम्मका लागि पनि यसको आचारसंहिता छ । तोकिएको बुँदामा वा सीमामा रहेर मात्रै निर्वाचन प्रचार गर्न पाइन्छ । तर, कतिपय ठाउँमा कतिपय उम्मेद्वार तथा तिनका पार्टीबाट भोट माग्दाखेरि ती आचारसंहिता उल्लंघन गरेको पाइन्छ । यसलाई रोक्न निर्वाचन आयोगले पनि राम्रोसँग ध्यान दिएको पाइदैन ।
मंगलबारमात्रै कांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासीको आफ्नो निर्वाचन क्षेत्रमा हेलिकप्टरको प्रयोग गरेर चुनावीसभा गर्दै हिँडेका भेटियो । नवलपरासीको दुर्गम पहाडी गाउँमा आयोजित चुनावी सभामा कांग्रेसका पक्षमा मत माग्न उनी हेलिकप्टरमा आएका हुन् । मंगलबार एकै दिन ७ वटा स्थानमा आयोजित चुनावी सभामा उनले सम्बोधन गरेका छन् । एउटा पार्टीबाट मुख्य प्रचारक र सहायक प्रचारक गरी बढीमा दुईजनाले मात्र आफ्नो खर्चमा हेलिकप्टर प्रयोग गर्न पाउने निर्वाचन ऐनमा व्यवस्था रहेको छ । हेलिकप्टर प्रयोगबापतको खर्च विवरण आयोगमा पेस गर्नुपर्ने व्यवस्था पनि ऐनमा छ । निर्वाचन ऐन तथा आचारसंहिताले बिहान ८ देखि बेलुकि ७ बजेसम्म मात्रै प्रचार गर्न पाउने पनि उल्लेख गरेको छ । तर, त्यसको पनि कार्यान्वयन भएको पाइदैन । त्यस्तै निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आयोगले आह्वा गरेको गरेकै छ । त्यसलाई दलहरुले टेरेको छैन । निर्वाचन ऐनमा मोटरसाइकल ¥यालीसमेतलाई वर्जित गरेको छ । यहाँ जुनसुकै पार्टीले पनि दिनका दिन सयौं मोटरसाइकल ¥याली गरिरहेका छन् । निर्वाचन आयोगले भने यसमा चाहिने जति ध्यान दिन सकिरहेको छैन । दिनका दिन मोटरसाइकल ¥याली गरेको समाचार आएको आएकै छन् ।
विगतका वर्षमा भन्दा यसपालि निर्वाचन आयोग निकै लचिलोरुपले प्रस्तुत भएको पाइएको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि यसपालि निर्वाचन आयोग लचिलो ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरेका छन् । हुन पनि हो, निर्वाचन आयोगले दलहरुले गरिरहेको आचारसंहिता उल्लंघनका घटनामा कुनै दरिलो कदम चालेको पाइएको छैन । यसले गर्दा दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्न जान्छ । यसले मतदातालाई प्रभावमा पार्न जे गरेपनि हुन्छ भन्नेजस्तो छाप पर्न जान्छ । त्यसकारण निर्वाचन आयोगले आचारसंहिता उल्लंघन रोक्न कदम चाल्नुपर्छ ।
२०७४ वैशाख २७ गते बुधबार
आचारसंहिता उल्लंघन रोक
आचारसंहिता उल्लंघन रोक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु