रत्ननगर,३१ जेठ ।लगातार दुई वर्ष शून्य चोरी सिकार वर्ष मनाइएपनि गतवर्षको चैतमा सिकारीले गैंडा मारेपछि सचेतनाका लागि गैंडा संरक्षण गर्ने उद्देश्यले दोस्रो रोट¥याक्ट दौड हुने भएको छ ।
रोटरी क्लब अफ रत्ननगर र रोट्रयाक्ट क्लब अफ रत्ननगरको सयुक्त आयोजनामा आउँदो असार ३ गते शनिबार दौड हुन लागेको हो । गत वर्षदेखि यी दुई क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको थियो । गतवर्ष ‘बुद्ध नेपालमै जन्मिएका थिए’ भन्ने सन्देश दिदै दौड गरिएको थियो भने यसवर्ष सिकारीले गैंडा मारेपछि सचेतना फैलाउन दौड गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । “दुर्लभ एकसिंगे गैंडा संरक्षण गर्नु हाम्रो पनि दायित्व हो”, कार्यक्रम संयोजक रविन बस्नेतले भने, “आम सर्वसाधारणलाई सचेतना दिन म्याराथुन दौड महत्वपूर्ण सावित हुने विश्वास छ ।”
नेपाल माविको चौरदेखि सुरु हुने दौड भित्री सडक हँुदै करिब १० किलोमिटरको दुरी पार गरेर टिकौली पुगेर सकिने छ ।
पत्रकार सम्मेलनमा रोट¥याक्ट क्लब अफ रत्ननगरका अध्यक्ष प्रविन पौडेलले म्याराथुनमा पहिलो हुनेले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताए । पौडेलका अनुसार दोस्रोले नगद ७ हजार, तेस्रोले नगद ५ हजार, चौथोले नगद २ हजार र सान्त्वनाले नगद १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
गैंडा संरक्षणका लागि दौड
गैंडा संरक्षणका लागि दौड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस