मनोरञ्जन शर्मा
भैरहवा, ३० जेठ
भरतपुरको वाल्मीकि शिक्षा सदन न्यू होराईजन उच्च मावि रुपन्देही र राजन मेमोररियल उच्च मावि कठमाडौंसँगै भैरहवामा जारी एक्सपर्ट स्कूल क्रिकेट च्याम्पियनसीप लिगको सेमीफाइनलमा प्रवेश गरेको छ । अनिरुद्ध उच्च मावि कञ्चनपुर यसअघि नै सेमीफाइनल पुगिसकेको थियो ।
प्रतियोगितामा मंगलबार खेलेको दोस्रो खेलमा पराजित भएपनि नेट रनरेटका आधारमा वाल्मीकिले अन्तिम चारको यात्रा तय गरेको हो ।
मंगलबारको खेलमा न्यू होराइजनसँग वाल्मीकि ७ विकेटले पराजित भयो । होराइजन भने जितसँगै समूह विजेता बन्यो । वाल्मीकिबाट जितका लागि पाएको ९८ रनको लक्ष्य होराइजनले १३ ओभर ५ बलमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । होराइजनका लागि कुशल मल्लले २८, विशाल खत्रीले २२ र मौसम खाम्चाले २० रन बनाए । वाल्मीकिका सुलभ बरालले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको वाल्मीकिले १९ ओभर २ बलमा सबै विकेट गमाउँदै ९७ रन बनाएको थियो । उत्सव श्रेष्ठले २१ र सुजन चापागाईंले १४ रन बनाएका थिए । होराइजनका सन्देश पाण्डेले ३ ओभर २ बलमा ६ रन खर्चदै ६ विकेट लिएर म्यान अफ दी म्याच भए । त्यस्तै सन्दीप पाण्डेले ३ विकेट लिए ।
स्थानीय सिद्धार्थ रंगशालामा भएको मंगलबारको पहिलो खेलमा राजन मेमोरियल उच्च मावि अनिरुद्धसँग हारेर पनि नेट रनरेट राम्रो भएपछि सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । राजनसँगै सत्यवती उच्च मावि तनहुँको समान १–१ अंक थियो । पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको राजनले अनिरुद्धसमक्ष जितका लागि १ सय ११ रनको चुनौती पेश गरेकोमा १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै १ सय १४ रन बनाई जित हासिल ग¥यो ।
हिमालयन क्रिकेट एमेडेमीको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा सुरु भएको प्रतियोगितामा बुधबार पहिलो सेमीफाइनलमा वाल्मीकिले अनिरुद्ध उच्च मावि कञ्चनपुरको सामना गर्ने वाल्मीकिका प्रशिक्षक ध्रुव भुषालले बताए । “हामी जित्ने लक्ष्यका साथ मैदान उत्रनेछौं”, उनले भने, “हाम्रा खेलाडी फिट छन् र शतप्रतिशत दिनेछन् ।” बुधबार नै दोस्रो सेमीफाइनलमा न्यू होराईजन उच्च मावि रुपन्देही र राजन मेमोरियल उच्च मावि काठमाडौंबीच प्रतिष्पर्धा हुनेछ ।