३० जेठ । नेपाली चलचित्र ‘तारेभीर’ यही असार २ गतेदेखि प्रदर्शनमा आउँदैछ । राष्ट्रियताको विषय समावेश गरेर बनेको चलचित्र तारेभीर देशभरका सिनेमा हलहरुमा प्रदर्शनको अन्तिम तयारी रहेको छ ।
चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिङ, प्रेम सुब्बा, डिके देवान, मञ्जु श्रेष्ठ, रञ्जिता राना, दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा संगीत भने प्रकाश गुरुङ, सनुप पौडेल, ब्रबिम शेर्पाले दिएका छन् । चलचित्रका निर्माता तथा कलाकार देउ कृष्ण देवानले चलचित्रमा अपराधमा प्रहरीको भूमिकालाई देखाउन खोजिएको बताए । उनले चलचित्र नारीले समाजमा सकारात्मक परिवतर्नका लागि खेलेको कथालाई प्रस्तुत गरिएको बताए । चलचित्रमा द्वन्दका दृश्य बढी समावेश गरिएका छन् । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा र निर्देशन रहेको छ । यस्तै जनक गुरुङको द्वन्द, राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।