भरतपुर, १२ फागुन
भरतपुरमा निर्माणाधिन चितवन एक्स्पो सेन्टरमा ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । नेपाल पोल्ट्री महासंघको आयोजनामा हुन लागेको प्रर्दशनी यही फागुन १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
महासंघका महासचिव दिनेशराज मिश्रले प्रर्दशनीमा २ सय बढी स्वदेशी तथा विदेशी प्रर्दशक रहने बताए । उनका अनुसार पोल्ट्री क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, मेसीनबारे सहज जानकारी लिन सकिने छ । पोल्ट्री पाठशाला सेमिनार समेत गरिने जनाइएको छ । विदेशका ९ पोल्ट्री विज्ञ र अन्य स्वदेशका विज्ञले रोग, प्रविधिबारे जानकारी गराउने छन् । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी , बेल्जियम, नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर ,ताइवान इटाली इजरायल, बंगालादेश लगायतका देशका पोल्ट्री कम्पनी सहभागि हुनेछन् ।
महासंघका अध्यक्ष गुणचन्द्र विष्टले हरेक २ वर्षमा प्रर्दशनी गरिने बताए । प्रदर्शनीले नेपाल पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण, आधुनिक यन्त्र, प्रविधि गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्सलगायतका पोल्ट्रीसम्बन्धी सम्रग वातावरणलाई सहज बनाउन सघाउ पु¥याउने आयोजकले दाबी गरेका छन् ।