• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

महानगरमा रिंगरोड र लिंकरोडको प्रगति सुस्त

  •  
  • शनिबार, माघ २५, २०७६ / ५ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    शिव गौतम
    भरतपुर, २४ माघ
    नेपाल सरकार शहरी विकास मन्त्रालयबाट सञ्चालित सघन शहरी विकास कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिकाको प्याकेज नं २ को महानगरीय रिंगरोड र लिंकरोड तथा ढल निर्माण कार्यको काम करिब ३० प्रतिशत मात्रै सकिएको छ ।


    सो कार्यको शिलान्यास २०७५ असार २९ गते गरिएको भएपनि काम करिब ६ महिना ढिलो गरी सुरु भएको थियो । यो कार्यको ठेक्का हेटौंडाको रमन एण्ड शिवशक्ति जेभीले लिएको हो । आयोजनाको परामर्शदाता रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले भने तोकिएको समय २०७७ असार मसान्त अगाडी नै सम्पूर्ण काम सकिने जनाएको छ । प्याकेज नं २ मा महानगरीय रिंगरोडको पुल्चोक रामघाट सडक खण्ड पनि रहेको छ । “पुलचोक देखि रामघाट खण्डमा यतिबेला ग्याविन वाल लगाउने काम भइरहेको छ”, डिभिजन कार्यालयका इञ्जिनियर माधव कटुवालले भने । “बाटोमा केही रुखहरू परेका छन्, हटाउन वन कार्यालयसँग स्वीकृति मागेका छौं”, उनले सुनाए । रुख काट्न अनुमति मिलेपछि काम सक्न धेरै समय नलाग्ने उनले बताए ।
    प्याकेज नं २ मा महानगरीय रिंगरोडसँगै अन्य ५ वटा सडक खण्डको स्तरोन्नति पनि समेटिएको छ । खर्चका दृष्टिले काम थोरै सम्पन्न भएको देखिए पनि यस बीचमा ढल मर्मतको कामले भने तीव्रता पाएको छ । “खर्चको दृष्टिकोणबाट हेर्दा केवल ३० प्रतिशत काम पूरा भएको छ, मान्छेले गर्ने काममा समय बितेकाले प्रगति नदेखिएको हो”, कटुवालले थपे, “मेसिनको सहयोगले काम गर्न थालेपछि आयोजना तोकिएकै समयमा सक्नेछौं ।” उनका अनुसार डिभिजन कार्यालय चितवनले प्याकेज नं २ मा परेका अधिकांश सडक खण्ड फागुन महिनाभित्र नै कालोपत्रे गरिसक्ने लक्ष्य राखेको छ । “प्रचण्ड मार्ग, दियालो रोड, पुलर–डेरी चोक–अतिथि पार्टी प्यालेस सडक खण्ड, लगायत सडक खण्ड फागुन महिनामै कालोपत्रे गर्ने सोच छ”, उनले बताए ।
    आयोजनामै समेटिएको शहिद चोक धर्म चोक कचपचे चोकको काम पनि म्याद अगाडी नै सकिने परामर्शदाता कार्यालयले जनाएको छ । शहिद चोक देखि बेल चोक सम्मको सडक खण्डमा अस्तव्यस्त रूपमा निर्माण सामग्री र खनिएको माटो थुपारिँदा यातायातका साधन, पैदलयात्री र स्थानीयलाई अफ्ठेरो परेको गुनासो समेत सुन्नमा आएको छ । डिभिजन कार्यालयले भने लंकू खोलाको कल्भर्ट साँघुरो भएकाले त्यसलाई हटाएर नयाँ राख्न लागेकाले केही ढिलो भएको बताएको छ । “शहिद चोक देखि धर्मचोकको बीचमा पर्ने लंकू पुल साँघुरो रहेछ । त्यो पुललाई हटाएर फराकिलो कल्भर्ट राख्ने कुरा हुँदैछ”, उनले बताए । कल्भर्टको काम थप गर्नु परेको उनले जानकारी दिए । “त्यही कल्भर्टका कारण काम केही अड्केको हो । शहिद चोक देखि लंकू पुल र त्यहाँबाट धर्मचोक हुँदै कचपचे चोकको सडक विस्तारको काम असार मसान्त अघि नै सक्नेछौं”, उनले भने ।
    शहिद चोक बेलचोक सडक खण्डको स्तरोन्नति ढिलो गरी सुरु हुँदा स्थानीय भने केही निराश देखिएका छन् । “चीनले वुहान शहरमा कोरोना भाइरस संक्रमित बिरामी राख्नका लागि १००० शैया क्षमताको अस्पताल दुई हप्ताभन्दा पनि कम समयमा निर्माण ग¥यो”, एक सर्वसाधारणले भने, “नेपालमा भने विकास निर्माणका काम सुस्त गर्नुपर्छ भन्ने चलन छ ।” नेपाली निर्माण कम्पनी, ठेकेदार र परामर्शदाता कार्यालयहरूले चीनबाट पनि केही कुरा सिक्न आवश्यक देखिएको केहीले सुझाव दिए ।

    शनिबार, माघ २५, २०७६ प्रकाशित
    संबन्धित शिर्षकहरु
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
    यो पनि हेर्नुहोस
    `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श
    रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन
    आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal
     

    Loading Comments...