२९ जेठ ।
‘लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ‘पिजन मिस एसइइ चितवन २०१७’ को ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ वर्षिय अनुष्का ‘मिस एसइइ चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् ।
अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् । विजेता अनुष्काले एक वर्षको लागी आयोजक संस्थाको ब्राण्ड बन्दै २० हजार नगद, अक्सफोर्ड कलेजमा उच्च शिक्षाको लागि १ वर्षे छात्रावृत्तिसँगै ट्रफी र प्रमाणपत्र हात पारिन् ।
यस्तै पहिलो रनरअप भूमिका आचार्य घोषित हुँदा दोश्रो रनरअप सुजता ढकाल बनिन् । पहिलो र दोश्रो रनरअपले क्रमशः १५ हजार र १० हजार रुपैयाँसँगै अक्सफोर्ड कलेजमा ९ महिना र ६ महिनाको छात्रावृत्ति तथा ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै तेश्रो रनरअप श्वेता अर्याल बनिन् भने चौथो रनरअप करिना श्रेष्ठ बनिन् ।
‘मिस एसइइ चितवन’को लागी वर्ष २०७३ मा एसइइ (एसएलसी) परिक्षा दिएका ३ सय बढी छात्राहरुले सहभागिता जनाएका थिए । फाइनल प्रतिस्पर्धामा अभिनेता क्याप्टेन विजय लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।