भरतपुर, २९ पुस
भरतपुरमा जिल्लास्तरीय अन्तर मावि सनराइज कप फुटबल प्रतियोगिता आज(बुधबार) देखि सुरु भएको छ । सनराइज इङिलस स्कुल भरतपुरको आयोजनमा भएको प्रतियोगिता ५ गतेसम्म भरतपुर–७ मा रहेको खेलकुद मैदानमा हुनेछ । प्रतियोगितामा १४ टिम सहभागि हुने कार्यक्रम संयोजक भूमीराज तिवारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले गरे । स्कुलका प्लस टु कोअर्डिनेटर भुवनबन्धु अधिकारीले अन्तर विद्यालयका विद्यार्थीबीच मित्रता बढाउने गरी प्रतियोगिता गर्न लागिएको बताए । ‘शिक्षाका लागि खेलकुद’ नारा सहित सुरु हुने प्रतियोगितामा १ सामुदायिक विद्यालय र १३ संस्थागत विद्यालयले सहभागिता जनाउनेछन् । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको समूह सहभागि हुनेछन् । स्कुलका प्रिन्सिपल हेमराज शर्माले विजेता समूहलाई नगद ४० हजार, उपविजेतालाई २० हजार रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्यालले आगामी वर्ष समेत सनराइज कपलाई निरन्तरता दिइने बताए ।