२८ जेठ, नवलपरासी ।
नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा.नं १४ राकाचुलीमा एक बृद्धको खुर्पा प्रहार गरि हत्या भएको छ । एक महिना पहिलेको घरायसी सामान्य विवादलाई लिएर स्थानीय होम बहादुर दर्लामीले ९० बर्षका ईन्द्र बहादुर पछाईलाई घरमा सुतिरहेको अबस्थामा धारिलो खुर्पा प्रहार गरि गए राती नौ बजेको समयमा हत्या गरेको ईलाका प्रहरी कार्यालय नयाँबेलाहानी का प्रहरी निरिक्षक मोहनमान श्रेष्ठले बताए ।
पछाईको बिभत्स हत्या गरे पछि फरार दर्लामीलाई राती अबेर दुम्कीबासको जंगलबाट प्रहरी निरीक्षक श्रेष्ठको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको र अहिले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसै गरि कावासोती नगरपालिका वडा.नं १२ पिठौलीमा एक महिलाले खेतको साँधको बिषयलाई लिएर स्थानीय एक ब्यक्ति गम्भीर घाईते भएका प्रहरीले जनाएको छ ।
स्थानीय मायाँ देबी चौधरीले खेतको साँध मिचेको आरोपमा सोही ठाउँ बस्ने प्रेमबहादुर गुरौलाई खुर्पा प्रहार गरि गम्भीर घाईते बनाएको र घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।