२८ जेठ । सत्तारुढ कांग्रेस–माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालबीचको निर्णायक छलफल विना निष्कर्ष टुंगिएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउने प्रयासस्वरूप सत्तारुढ र राजपाबीच सिंहदरबारमा भएको छलफल टुंगोमा नपुगेपछि दुवै पक्ष आ–आफ्नै बाटोबाट अघि बढ्ने भएका छन् ।
सरकारले राजपालाई असार १४ गते हुने निर्वाचनमा सहभागी हुन आह्वान गरेको थियो । तर, उसले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउनुपर्ने अडान लिएकै कारण बैठक निष्कर्षमा नपुगेको हो । जसअनुसार राजपाले आजै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।