राप्ती, ४ पुस
पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको ओम शिवा समिल तथा भेनियर उद्योगमा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा रहेको उक्त उद्योगमा आगलागी भएको हो । करिब साँढे २ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगो खैरहनीबाट गएका दुईवटा दमकल र भरतपुरबाट गएको एक दमकल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए । उनका अनुसार उद्योगमा रहेको ठूला मेसिन र कच्चा पदार्थमा क्षति भएको छ । तयारी प्लाईमा भने आगो लाग्न पाएन ।
-ध्रुवराज खनाल
राप्तीको प्लाई उद्योगमा आगलागी, २ करोडको क्षति
राप्तीको प्लाई उद्योगमा आगलागी, २ करोडको क्षति
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस