विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२८ जेठ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकलाई फराकिलो पारिने भएको छ । सार्वजनिक सवारी आवागमनमा अवरोध पु¥याउने गरी सडक छेउमा रहेका रुखहरु काटिने तयारी भएको छ । माडी हुलाकीमार्गमा निकुञ्जका दुई वटा सडक खण्ड पर्छन् । राप्ती पुलदेखि रेवा खोला पुलसम्म करिब ११ किलोमिटर दुरी पर्छ । अर्को खण्ड बगईखोला देखि अमुवाखोलाबीच करिब २१ किलोमिटर निकुञ्जभित्र सुविधाको बाटो छ ।
निकुञ्जभित्र सुविधाप्राप्त बाटो छेउछाउमा रहेका रुखका कारण यात्रा निकै जोखिमपूर्ण बन्दै आइरहेको छ । जनप्रतिनिधि निर्वाचित भएसँगै पहिलो पटक निकुञ्ज भित्रको सडक छेउका केहि रुख काट्ने प्रक्रिया अघि बढन् थालेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले स्थानीयको पटक पटकको माग बमोजिम केहि रुख काटिन लागेको बताए । “डेढ महिना पहिले सडक छेउमै रहेका रुख काट्न सुझाव सहित विभागमा पठाएका थियौँ”, उनले भने, “८७ रुख मार्किङ गरेका थियौँ, यति धेरै रुख काट्न असम्भव छ, तर काट्र्नैपर्ने रुख मात्र काटिनेछन् ।” उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जले बाटोलाई अवरोध पु¥याएका थोरै संख्याका रुख मात्रै हटाउन सक्ने प्रावधान रहेको बताए । “स्थानीयले निकुञ्जभित्रको पुरै बाटो फराकिलो पार्नुपर्छ भन्दै आएका छन्”, उनले भने, “त्यो ऐन विपरितको काम हो, गर्न मिल्दैन, तर धेरैनै अवरोध पु¥याएका रुख हटाउन सकिन्छ ।” उनका अनुसार बढीमा एक दर्जन सालका रुख रेवा खोलावारिको निकुञ्ज खण्डभित्रका रुख हटाइनेछन् । वर्षायाममा निकुञ्जभित्रको सडकखण्डमा झाडीका कारण बाटो झनै साँघुरो बन्न पुग्छ । “वर्षेनी भदौ तिर झाडी हटाउने काम निकुञ्जले गर्दै आएको छ”, उनले भने, “यो वर्ष पनि झाडी सफा गर्ने काम हुनेछ ।”
चितवन राष्ट्रिय निकुञ्जको नियमावली २०३० को दफा ५ मा निकुञ्ज प्रवेश आफ्नै दायित्वमा हुने उल्लेख छ । प्रवेशपत्र लिएर वा नलिएर निकुञ्ज प्रवेश गर्ने व्यक्तिलाई निकुञ्जभित्रको कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपकट लागेमा वा नीजको मृत्यु भएमा कुनै किसिमको क्षतीपूर्तिका निमित्त नेपाल सरकार जिम्मेवार नहुने उल्लेख छ । बाटो फराकिलो नहुदा दुर्घटना तथा जनवारको आक्रमण हुने खतरा छ । माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकालले निकुञ्जभित्रको सडक फराकिलो पार्न केहि रुख हटाउने विषयमा निकुञ्ज प्रशासनसँग छलफल भएको बताए ।
“निकुञ्ज प्रशासन सकारात्मक देखिएको छ”, उनले भने, “८ मिटर बाटो कायम हुने गरी अवरोध पु¥याउने रुख हटाउनुपर्छ भनेका छौँ, निकुञ्जले बजेट छैन भन्ने जवाफ दिएको छ ।” उनले रुख हटाउन लाग्ने खर्च नगरपालिकाले बेहोर्ने गरी काम तत्काल अघि बढाउन आग्रह गरेको जानकारी दिए । “करिब १५ दिनभित्र निकुञ्जको पहिलो खण्ड फराकिलो पार्ने काम हुनेछ”, उनले भने, “ऐन, नियमसम्वत काम अघि बढ्छ, माडीबासीको चाहना पुरा हुन्छ ।” माडीबासीले पटक पटक निकुञ्ज बाटो सहज पारिदिन आग्रह गरेको उनले स्मरण गरे । उनले आफुहरुले करिव दुई दर्जन रुख हटाउनुपर्ने सुझाव राखेको बताए । “निकुञ्ज माडीको पनि सम्पत्ति हो”, उनले भने, “माडीलाई अप्ठ्यारो पारेर निकुञ्ज संरक्षण हुन सक्दैन, संरक्षणका लागि पनि निकुञ्ज माडीमैत्री बन्नुपर्छ ।” निकुञ्जभित्रका रुख, विरुवा, झाडी वा अन्य कुनै वनपैदावर काट्न, ढाल्न, हटाउन, छेक्न वा वनपैदावर सुक्ने कुनै काम गर्न वा आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पु¥याउने कामलाई निषेध गरिएको छ । यस्तै, संरक्षति क्षेत्रभित्र भौतिक पूर्वाधारहरु निर्माण एंव सञ्चालन कार्यविधि २०६५ मा प्रत्येक १ रुख काटेको वा हटाइएको वदलामा २५ रुख रोप्ने, हुर्काउने कार्य अनिवार्य गर्नुपर्ने उल्लेख छ ।
चितवन नारायणी यातायात उपसमित भरतपुर–माडी ठोरी रुटका संयोजक हितमान गुरुङले निकुञ्जभित्रको बाटो असाध्यै जोखिमपूर्ण रहेको बताउँछन् । “बगई देखि अमुवातर्फको निकुञ्ज खण्डमा दोहोरो सवारी पास हुने बाटो सारै कम छ”, उनले भने, “यात्रा सुरक्षित बनाउन अवरोध पु¥याउने रुख हटाउनुपर्छ, बाटो चाक्लो पार्नुपर्छ ।” रेवाखोला वारीको निकुञ्जबाटो विस्तारै सुधारउन्मुख रहेपनि माडीको पूर्वतर्फ रहेको निकुञ्जबाटो जीर्ण रहेको बताए । “बस, मोटरसाइकल लगायतका सवारी अनुमतिपत्र लिएर निकुञ्जको बाटो कुद्छन्”, उनले भने, “साँघुरा मोडमा दुर्घटनाको जोखिम छ, फराकिलो पार्नुपर्छ ।”
यातायातमा समस्यै समस्या
दुई वर्ष पहिले माडीमा सुरु भएको नगरबस सेवा हाल सञ्चालनमा छैनन् । बसन्तपुर बजारमा ४ वटा नगरबस थन्किएका छन् । गाउँगाउँ पुगेर यात्रु बोक्ने गरेका नगरबस ४ महिनायता प्रयोगविहिन भएका छन् । कच्चिबाटो, पुल नहुदा नगरबस सञ्चालनमा लागत बढेपछि थन्किएका हुन् । चितवन नारायणी यातायात उपसमित भरतपुर–माडी ठोरी रुटका संयोजक हितमान गुरुङले भित्रि सडक स्तरोन्नती नहुदा नगरबस चलाउन मुस्किल हुने बताए । “गाउँ गाउँसम्म नगरबस लगे अनुसार यात्रु हुदैनन्”, उनले भने, “लागत बढी पर्छ, बाटोनै जीर्ण छन्, ममर्तमै बढी खर्च हुन्छ ।” भरतपुर जाने सवारी बसन्तपुरपूर्वका भित्रि गाउँसम्म जाने गरेपछि नगरबस ओझेलमा परेको उनी बताउँछन् । माडीमा दैनिक ६५ वटा यात्रुबाहक बस सञ्चालनमा छन् । स्वर्णपुर हुदै काठ्माण्डौ दैनिक ६ वटा बस, पोखरा बाग्लुङ जाने दैनिक २ वटा बस सञ्चालनमा छन् । स्वर्णपुरबाट भरतपुरका लागि दैनिक ११ वटा, बगईबाट दैनिक २५ वटा बस छुट्ने गर्छन् । “बस प्रयाप्त छन्, यात्रुले समयमै यातायात सेवा पाएका छन्”, उनले भने, “निकुञ्जभित्र प्रवेश गर्न रात्रीबसलाई गारो छ, राप्ती पुलापारी घण्टौ कुर्नुपर्छ ।” निकुञ्जले विहान ४ बजे अघि र राती ११ बजेपछि निकुञ्ज प्रवेशमा रोक लगाएको छ । निकुञ्ज प्रवेशको समयावधि बढाउन सके यात्रुलाई सहज हुने बताए ।
व्यवस्थित बसपार्क बनाइन्छ– मेयर ढकाल
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीमा व्यवस्थित बसपार्क बनाइने बताएका छन् । बगई नदी किनारमा रहेको बसपार्कलाई सुविधासम्पन्न सहितको आकर्ष बसपार्क बनाइने बताए । “बसपार्कमा आवश्यक पूर्वाधार विकास गर्न नगरपालिकाले सहयोग गर्नेछ”, उनले भने, “हुलाकीमार्गमा ठाउँ ठाउँमा व्यवस्थित बसस्टपहरु पनि बनाउन पहल गर्नेछौँ ।” १२ वर्ष पहिले देखि सञ्चालनमा रहेको माडीको एकमात्र बसपार्क वर्षायाममा हिलाम्मे हुनेगर्छ । बसपार्कमा विजुली, खानेपानी, उचित बासस्थानको अभाव छ । उनले नगरबस सेवा सुचारु गर्न यातायात व्यवसायीसँग छलफल गरिने बताए । “ग्रामीण सडक स्तरोनन्नती गर्ने योजना सहित कार्ययोजना बनाइने छ”, उनले भने, “चक्रपथ निर्माणको क्रममा पनि छ, नगरबस सेवा नियमित सञ्चालन हुने वातावरण बनाइने छ ।” हुलाकीमार्गमा पर्ने एक दर्जन बढी खोलामा पुल आवश्यक देखिन्छ । “यो वर्ष तीन खोलामा पक्की पुल बनाउने गरी काम सुरु भएको छ”, उनले भने, “छिटै टेण्डर हुनेछन् ।”सडक विभागको हुलाकी राजमार्ग आयोजनाले माडी ठोरी हुलाकी सडकमा तीन खोला बनाउने योजना अघि सारेको छ । पतरे खोला (४१.२० मिटर) मा ३ करोड ८४ लाख २५ हजार ४ सय ६१ रुपैयाँ, रिमाल खोला ( ३१.२० मिटर) मा ३ करोड ६५ लाख ५४ हजार ७ सय ८६ रुपैयाँ, र बादरमुडे खोला (२६.२० मिटर) मा ४ करोड ९१ लाख ८६ हजार ६ सय ८० रुपैयाँ लागत अनुमान गरिएको छ ।
जनदबाबपछि निकुञ्जभित्र रुख काटिदै
जनदबाबपछि निकुञ्जभित्र रुख काटिदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस