रत्ननगर,२८ जेठ । खेतीवालिमा विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश सहित पूर्वीचितवनको खैरहनीमा संचालन भएको आईपिएम पद्धतिको खेतीबाली सम्बन्धि तालिम सम्पन्न भएको छ । खैरहनी १ सिमलघारिका करिब २६ जना कृषकहरुलाई दिइएको ६ महिने आईपिएम पद्धतिको खेती सम्बन्धि तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
सिमलघारि आई पि एम कृषक पाठशालाद्वारा गत कार्तिक देखि संचालन भएको तालिमका सहभागीहरुले तालिम अवधिमा दुई प्रकारका तरकारी उत्पादन गरेका थिए । तालिम अवधिमा ३ कठ्ठा जग्गामा आई पि एम पद्धतिबाट बन्दा र घिरौला उत्पादन गरेको कृषक सहजकर्ता धर्मराज कंडेलले जानकारी दिए । हनिकारक विषादी प्रयोग गरेर गरेको खेती भन्दा आईपिएम पद्धति प्रयोग गरि गरेको खेतीबाट धेरै उत्पादन भएको कंडेलले बताए । जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोगमा दिइएको तालिममा श्रीकृष्ण न्यौपाने, विष्णु प्रसाद शर्मा र गोपाल लम्सालले तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई प्राविधिक पक्षको बारेमा जानकारी दिएका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला कृषि विकास कार्यालय भरतपुरका प्रमुख सुदिप श्रेष्ठले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै खैरहनी क्षेत्रलाई आईपिएम पद्धतिबाट खेती हुने क्षेत्रको रुपमा स्थापित गर्न सबै लाग्नुपर्ने धारण राखेका थिए । उनले तालिममा सिकेको ज्ञानलाई अब आफ्नो करेसाबारी देखि खेतसम्म र्पुयाउदै सबैलाई आईपिएम पद्धतितर्फ आकर्षित गर्नुपर्ने बताए । सिमलघारी आई पि एम कृषक पाठशालाका अध्यक्ष भिम बहादुर भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा अम्विका थपलिया , ग्रामीण ताजा तरकारी संस्थाका अध्यक्ष पुर्णदत्त भुषाल ,राष्ट्रिय कृषक महासंघ चितवनका अध्यक्ष लेखनाथ पोखरेल, जिल्ला आईपिएम कृषक संघका कोषाध्यक्ष भिमानन्द पराजुली, पुष्पाञ्जली कृषक समुहका शम्भुभक्त पोखरेल, जिल्ला कृषि विकास कार्यालय भरतपुरका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपाने ,खैरहनि वडा न १ का वडा अध्यक्ष भुमीप्रसाद कंडेल लगायतले खेतिबालीमा बिषादी न्यूनीकरण गर्दै आईपिएम पद्धतिलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
आईपिएम सम्बन्धि ६ महिने तालिम
आईपिएम सम्बन्धि ६ महिने तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस