भरतपुर,२८ जेठ । यस वर्षको मिष्टर एण्ड मिस लिटिल चितवन २०१७ को उपाधि भरतपुरको असिल गौतम र स्नेहा कर्मचार्यले जितेका छन् । गैडाकोटकी आरती सुनारले लिटिल चितवन इन्टरनेशनलको उपाधि पाएकी छिन । गैडाकोटको रितेश शेर्पाली र हाकिमचोककी सिमोन श्रेष्ठले फष्ट रनरअप भएका छन ।
सम्मान पौडेल र प्रथमा लोहनी सेकेण्ड रनर अप भएका छन । गैडाकोटकी सुव्ना काप्रि र नारायणगढकी आनिया पिया क्रमश थर्ड रनर अप र फोर्ड रनर अप भएका छन । यसैगरी श्रीया पियाले कन्जिनालिटी , वेष्ट वाक र स्माइलको सव टाइटल जितेकी छिन । हाकिमचोककी प्रज्ञा कार्कि मोष्ट डिसिपिलिन, प्रदिप्ती पौडेलले मष्ट कन्फिडेण्टको उपाधि पाएकी छिन । प्रतियोगिताकै कान्छी सहभागी मनसुन मोष्ट ट्यालेण्ट अवार्ड र उनैकै परिवारले उत्कृष्ट अभिभावकको उपाधि पाएका छन ।
भरतपुर क्षेत्रपुरमा रहेको बकैना बालवाटिका विद्यालय उत्कृष्ट विद्यालय घोषित भएको छ । एरोमा कलेज अफ फेशनको संयोजनमा आयोजना भएको प्रतियोगितामा प्रज्ञा तिवारीको कोरियोग्रापि रहेको थियो । मिसेस तिज पोखरा २०६८ रोजि श्रेष्ठ, कोरियोग्राफर रेशम न्यौपाने, युवा व्यवसायी रुविन रामुदामु , बैंकर सुमिता पण्डित र मिष्टर चितवन २०१७ पवन श्रेष्ठ निर्णायक रहेका थिए । इप्लानेट प्रा लिका अध्यक्ष सन्तोष सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
असिल र स्नेहा लिटिल चितवन
असिल र स्नेहा लिटिल चितवन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस